६ श्रावण २०८३, बुधबार
,
Latest
माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवकासप्राप्त कामु प्रधानन्यायाधीश कार्कीलाई पूर्वप्रधानन्यायाधीशसरहको सुविधा दिने सरकारको निर्णय



file
अ+ अ-

काठमाडौँ । सरकारले अवकासप्राप्त कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई पूर्व प्रधानन्यायाधीशसरहको सेवा सुविधा दिने नीतिगत निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले छ महिनाभन्दा बढी कामु प्रधानन्यायाधीश भएकालाई अवकासपछि पूर्वप्रधानन्यायाधीशसरहको सेवासुविधान प्रदान गर्ने निर्णय गरेको हो । गठबन्धन सरकारलाई फाइदा पुग्नेगरी सहयोग गरेको भन्दै उहाँलाई व्यक्तिगत फाइदा पुग्ने गरी बैठकले निर्णय गरेको बताइएको छ ।

उमेरहदका कारण यही असोज १५ गतेदेखि अनिवार्य अवकास पाउनुभएका कार्की मंगलबारदेखि तीर्थाटनका लागि भारत जानुभएको छ । गत फागुन १ गते महाअभियोग लागेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बनमा पर्नुभएपछि उहाँ कामु प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको थियो ।

राणालाई महाअभियोग प्रस्तावमार्फत हटाएर वा राजीनामा गर्न लगाएर कार्कीलाई पूर्ण प्रधानन्यायाधीश बनाउने सरकारको प्रयास असफल भएपछि उहाँलाई अवकासपछि पूर्वप्रधानन्यायाधीशले पाउने सुविधा दिने निर्णय गरेको हो । अब कार्कीले पूर्वप्रधानन्यायाधीशहरूले जस्तै सर्वोच्च अदालतबाट चालकसहितको गाडी, भान्सेलगायतका सुविधा पाउने हुनुभएको छ ।