• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्ष समूहबीच भोलि एकता हुने



काठमाडौँ । विवेकशील साझा पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच एकता हुने भएको छ ।

राप्रपा र रविन्द्र मिश्र समूहबीच भोलि बुधबार काठमाडौँमा एकता घोषणा सभा हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । मिश्र राप्रपाको सहअध्यक्ष हुने बताइएको छ ।

यसअघि विवेकशील साझा पार्टीमा रहेका मिश्रले ‘विचार माथि देश’ दस्तावेजका कारण विवादित बनेका थिए । सोही कारण पार्टी नै दुई समूहमा विभाजित भएको थियो ।

उक्त अभियान चलाइरहेका मिश्रको एजेण्डा राप्रपासँग मिलेपछि राजेन्द्र लिङ्देन र उनीबीच पार्टी एकतामा सहमति बनेको हो ।