• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि ★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने

‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ अभिनेत्री सम्मानित



काठमाडौँ । ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ अभिनेत्री सम्मानित भएका छन् । काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्म्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नौ अभिनेत्रीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गर्नुभएको हो ।

चलचित्र क्षेत्रमा योगदान पुर्याएबापत अभिनेत्रीहरु भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियङ्का कार्की, पूजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापालाई सम्मान प्रदान गरिएको हो ।

सो अवसरमा उपराष्ट्रपति पुनले सम्मानित सम्पूर्णलाई बधाई दिँदै ‘राष्ट्रिय नवदुर्गा सम्मान’ लाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यो सम्मानले तपाईंहरुको कलाकारिता अगाडि बढाउन अझै मद्दत गर्ने विश्वास मलाई छ । दसैँको सुरुआतमा नारीलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ ।”

आयोजक रेजिना इन्टरटेन्मेन्टकी अध्यक्ष अभिनेत्री रेजिना उप्रेतीले नेपाली फिल्मलाई प्रतिनिधित्व गर्ने नारीहरुलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । “उहाँहरुको कलाकारिता र योगदानलाई मूल्याङ्कन गरेर सम्मान प्रदान गरेका हौँ । यहाँ लोकप्रियताले प्रभाव पारेको छैन”, अभिनेत्री उप्रेतीले भन्नुभयो ।

सम्मानित हुनुभएकी अभिनेत्री ऋचा शर्माले आफूहरुलाई ऊर्जा मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ अग्रज भारती दिदीदेखि सुहानासम्म सम्मानित हुनुभएको छ । मलाई दायित्व थपिएको समेत महसुस भएको छ । विनाप्रतिस्पर्धा पाइने यस्ता सम्मानहरुले छुट्टै ऊर्जा मिल्छ ।”