६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एमाले टोली निर्वाचन आयोगमा, दलको अभिलेखीकरण गर्न र उदाउँदो सूर्य चिह्नसँग मिल्दाजुल्दा चिह्नहरु खारेज गर्न माग

एमाले टोली निर्वाचन आयोगमा, दलको अभिलेखीकरण गर्न र उदाउँदो सूर्य चिह्नसँग मिल्दाजुल्दा चिह्नहरु खारेज गर्न माग
अ+ अ-

काठमाडौं । नेकपा एमालेले दलको अभिलेखीकरण र उदाँउदो सूर्य चिह्नसँग मिल्दाजुल्दा चिह्नहरु खारेजीको माग गर्दै  निर्बाचन आयोगमा निवेदन दिएको छ ।

एमाले नेता अग्नी खरेल सहितको टोलीले एमालेले पछिल्लो पटक उपलब्ध गराएको दलको पदाधिकारी तथा सासदहरुको अभिलेखीकरण गर्न र आफ्नो पार्टीको चुनावचिन्ह सूर्यसँग मिल्दोजुल्दो चिन्ह हटाउनका लागि निवेदन दिएको हो ।

एमालेका एक नेताका अनुसार सरकारले  राजनीतिक दल विभाजन गर्न सहज हुने किसिमले अध्यादेश जारी गर्न लागेको र दल विभाजन गरेर जान लागेको माधब नेपाल समूहले एमालेको चिन्हसंग मेल खाले किसिमको चिन्ह माग दाबी गर्ने सम्भाबना रहेका कारण एमालेले अगाडी नै आयोगको ध्यानकर्षण गराएको हो ।

नेकपा एमालेको माधव नेपाल पक्षको चाहना बमोजिम सरकारले आजै वा भोलिसम्ममा राजनीतिक दल विभाजनसँग सम्बन्धित अध्यादेश ल्याउने तयारी गरेको छ । नेता नेपालले आफू निकट नेताहरुलाई दल विभाजन गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै फोन गर्नु भएका खबरहरु आइरहेका छन् ।

नेता नेपालले आजै अपराह्न राजधानीमा जनवर्गीय संगठनहरुको संयोजनमा आयोजना गर्न लागिएको वृहत घोषणा सभा सम्बोधन गर्ने कार्यक्रम समेत छ ।

दलहरुको विभाजनसँग सम्बन्धित अध्यादेशलाई लिएर एमालेले त्यसको विरोध गरिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि दलभित्रका मतान्तर पन्छाएर एकताबद्ध हुन सबै नेता तथा कार्यकर्तालाई आह्वान गर्नु भएको छ । तर त्यसले माधव पक्षका मागलाई सम्बोधन गर्न नसकेको बुझिएको छ ।