२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुटः अनेरास्ववियू(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको बताएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी सेवामा मन्त्रालयसँग ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो । मन्त्रालयले स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको र सबै प्रदेश र स्थानीय तह अन्तगर्तका सरकारी अस्पतालहरुमा समेत यसै बमोजिम ५० प्रतिशत छुटको व्यवस्था मिलाउन अनुरोध गर्ने भनि मन्त्रीस्तरीय निर्णय भएको जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष सुदेश पराजुलीले सरकारी, सामुदायिक विद्यालयत तथा क्याम्पसका विद्यार्थीहरुलाई सरकारी अस्पतालहरुमा ओपीडी सेवामा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्ने सहमति भएको बताउनु भयो । उहाँले सरकारी अस्पतालको ओपिडी सेवामा विद्यार्थी परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू हुने बताउनु भयो । उहाँले अनेरास्ववियूले यसलाई विद्यार्थी आन्दोलनको उपलब्धिको रुपमा लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अनेरास्ववियूले २०७९ श्रावण ४ गते ज्ञापन पत्र र भाद्र ३० गते स्मरण पत्र बुझाउँदै सम्पूर्ण सरकारी, सामुदायिक विद्यालयत तथा क्याम्पसका विद्यार्थीहरुलाई अस्पतालहरुमा ओपीडी सेवा निःशुल्क र सबै खाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित गरियोस् भन्ने माग राखेको थियो । हाम्रो मागलाई सम्बोधन गर्दै २०७९ असोज ९ गते स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार सरकारी अस्पतालको ओपिडी सेवामा विद्यार्थी परिचय पत्रको आधारमा ५० प्रतिशत छुटको व्यवस्था लागू हुने भएको छ । अनेरास्ववियूले यसलाई विद्यार्थी आन्दोलनको उपलब्धिको रुपमा लिएको छ ।’

विद्यार्थीको परिचयपत्रको आधारमा सहुलियत दिने अस्पतालहरुमा कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, परोपकार प्रसूती तथा स्त्री रोग, आयुर्वेद चिकित्सालय लगायतका देशभरका २७ वटा अस्पताल छन् ।