१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

देखासिकीले सचेत बन्दै उपभोक्ता

देखासिकीले सचेत बन्दै उपभोक्ता
अ अ+ अ-

तनहुँ । केही वर्ष पहिलेसम्म व्यास–६ सिसाघाट निवासी ५६ वर्षीया देवका नागिलालाई दैनिक उपभोग्य खाद्यान्नको गुणस्तरबारे खासै चासो थिएन । जेठो छोरा राजनको निमन्त्रणामा चार महिना अष्ट्रेलिया बसेर आएपछि भने उहाँमा परिवर्तन देखिएको छ । नागिला जस्तै विदेशको देखासिकीले खानपान शैली बदल्ने अहिले गाउँघरमा अधिकांश भेटिने गरेका छन् ।

कुनै पनि खाद्यान्नको उत्पादन, म्याद समाप्त मिति हेर्ने र खुला स्थानको खाद्यान्न खाँदै नखाने बानी बसालेको नागिलाले बताउनुभयो । “पहिले मलाई जे पनि खान पाए भइहाल्थ्यो भन्ने लाग्थ्यो”, उहाँले भन्नुभयो, “परीक्षण गरेर मात्रै खानुपर्ने रहेछ भन्ने अष्ट्रेलियामा पुगेपछि देखियो । त्यसैले अचेल हत्तपत्ति बाहिरको खान्न भने पनि हुन्छ ।”

“अष्ट्रेलियामा सडक किनाराको फलफूलसमेत कसैले नखाने रहेछन्”, नागिलाले भन्नुभयो, “किन नखाएको भनेर छोरालाई सोधेको त जाँचेर खानयोग्य भए मात्र खाने चलन छ रे । तर हाम्रोमा हामीलाई खान पाए भयो । खराब खानेकुराले स्वास्थ्यमा ठूलो हानि गर्ने रहेछ भन्ने कुरा बुझियो ।” नेपालमा तरकारी, फलफूल, मिठाइ, खुला मसला जथाभावी राख्ने चलन भएकाले ती खानेकुरा खाँदा सचेत हुन नागिलाले सबैलाई आग्रह गर्नुभयो ।

व्यास–२ दमौली निवासी ५१ वर्षीया कृष्णदेवी अधिकारीको दैनिकी पनि फेरिएको छ । खाद्यान्न पसलमा मसला किन्दै गर्दा भेटिनुभएकी अधिकारीले प्याकेटमा अङ्कित उत्पादन र सकिने मिति हेरेर मात्र खाद्यान्न किन्ने गरेको बताउनुभयो । “सडक पेटीमा खुला ठाउँमा राखेर धुलाम्य भएका खानेकुरा खान्न”, उहाँले भन्नुभयो, “खानै परे प्याकेटमा राम्रोसँग लेवल हेरेर मात्रै खानेकुरा किन्ने गरेको छु ।”

केही वर्ष पहिले छोरा मिलनले बोलाएर अष्ट्रेलिया र छोरी सन्ध्याले बोलाएर अमेरिका घुमेर आएपछि खाद्यान्नमा सचेतना बढेको अधिकारीले बताउनुभयो । “हामीहरु खानेकुरामा खासै ख्याल गर्दैनौँ”, उहाँले भन्नुभयो, “जथाभावी खाएपछि शरीरमा असर धेरै हुन्छ भन्ने हेक्का गर्नुपर्ने रहेछ ।” क्यान्सर जस्तो खतरनाक रोगको मुख्य कारण पनि जथाभावी विषादी हालेको खानेकुराले गर्दा हुने आफूले थाहा पाएको अधिकारीले बताउनुभयो । तरकारी राम्रोसँग पानीमा पटकपटक धुने गरेर मात्र खाने गरेको उहाँले जानकारी दिनुभयो ।

पसलमा आउने ग्राहकले खुला राखिएको खाद्यान्नभन्दा प्याक गरिएको खाद्यान्न किन्नेक्रम बढ्दै गएको व्यापारीको भनाइ छ । उपभोक्ता अधिकारको सवालमा स्वयं बिक्रेता सचेत बन्दै गएपछि आफूहरुलेसमेत खुला खाद्यान्न बिक्री कम गर्दै गएको तनहुँ खुद्रा व्यवसायी सङ्घका अध्यक्ष परमेश्वर गुप्ताले बताउनुभयो । “ग्राहकले अचेल खुला किन्न छाडेर लेबल भएको सामान किन्ने गर्नुहुन्छ”, सङ्घका अध्यक्ष गुप्ताले भन्नुभयो, “ग्राहकको रोजाइ नै लेबल भएको खाद्यान्नमा पर्न थालेपछि हामीले पनि खुला बिक्रीलाई कम गर्दै गएका छौँ ।” खुला खाद्यान्नलाई आफूहरुले सिसाभित्र राखेर बिक्री गर्ने योजना बनाएको व्यास नगरपालिका–३ दमौलीस्थित गुप्ता किराना पसलका सञ्चालनसमेत रहनुभएका उहाँले बताउनुभयो ।

तनहुँको दमौली, दुलेगौँडा, डुम्रे, खैरेनीटार, भिमाद, आँबुखैरेनी जस्ता मुख्य बजारमा करिब ५०० खुद्रा पसल रहेको तनहुँ खुद्रा व्यवसायी सङ्घले जनाएको छ । जिल्लाभरि खाद्यान्न र तरकारी गरी दैनिक करिब ३० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको सङ्घले जनाएको छ ।

युरोपलगायत विदेशमा रहेका आफन्तलाई भेट्न जाँदा देखासिकीले उपभोक्ता सचेतना बढेको आफूले पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख प्रशान्त पोखरेलले बताउनुभयो । “प्रायः अनुगमनका क्रममा विदेशमा यस्तो हुने रहेछ भन्ने कुरा उपभोक्ताले भन्नुहुन्छ”, पोखरेलले भन्नुभयो, “उपभोक्ता अधिकार गम्भीर विषय हो भन्ने हेक्का धेरैलाई हुँदै गएको छ ।”

तनहुँ, गोरखा, लमजङ, मनाङ र पूर्वी नवरपरासीमा गरिने अनुगमनका क्रममा आफूहरुले लेवलमा उत्पादन र सकिने मिति प्रष्टसँग देखिनेगरी उल्लेख भएका खाद्यान्न मात्र बिक्री गर्न बिक्रेतालाई भन्दै आएको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो । आफूहरुले मिठाइ, मसलालगायतका दैनिक उपभोग्य सामग्री खुलारुपमा बिक्री नगर्न र बिक्री गर्नु परे सिसाभित्र राखेर मात्र बिक्री गर्न भनेको उहाँले जानकारी दिनुभयो । रासस