• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   खुट्टाले लेखेर एसइई उत्तीर्ण ★   नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि ★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने

ज्याकलिनलाई ठूलो राहत, २ सय करोडको ‘मनी लन्ड्रिङ’ मुद्दामा अदालतले दियो अन्तरिम जमानत



एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाम २०० करोडको ठगी मुद्दामा नराम्ररी फसेको छ । यस मामिलामा ज्याकलिनसँग लगातार सोधपुछ जारी छ । सोधपुछपछि, प्रवर्तन निर्देशनालयले पनि ज्याकलिनको सुकेश चन्द्रशेखरसँग सम्बन्ध रहेको दाबी गर्‍यो, त्यसपछि अभिनेत्रीलाई पटियाला हाउस कोर्टले बोलाएको थियो ।

यसै क्रममा ज्याकलिन पटियाला हाउस कोर्ट पुगेकी छिन् । ज्याकलिनका वकिलले उनको लागि पटियाला हाउस कोर्टमा जमानतको आवेदन दिएका छन् ।

साथै, अतिरिक्त सत्र न्यायाधीश शैलेन्द्र मलिकले पनि ज्याकलिनको जमानत याचिकामा ईडीसँग जवाफ मागेका छन् । त्यतिन्जेल उनको नियमित जमानत अदालतमा विचाराधीन छ । ज्याकलिनका वकिलको आग्रहमा अदालतले ज्याकलिनलाई ५० हजार रुपैयाँ धरौटीमा अन्तरिम जमानत दिएको हो ।

यसअघि पनि दिल्लीको आर्थिक अपराध शाखाले ज्याकलिनसँग लामो समयसम्म सोधपुछ गरेको थियो । यो सोधपुछ करिब १५ घण्टासम्म चलेको थियो, जसमा ज्याकलिनले धेरै गम्भीर प्रश्नहरूको सामना गर्नुपरेको थियो । यी सबैको बीचमा, ईडीले आफ्नो चार्जशीट दायर गरेको थियो, जसमा ज्याकलिनलाई २०० करोड लिएको मामिलामा आरोपी पाइएको थियो । उनीविरुद्ध धेरै साक्षी र प्रमाणहरू आधार बनाइएको छ ।

ज्याकलिन फर्नान्डिजले आफूले ठग सुकेशबाट धेरै महँगो उपहार लिएको स्वीकार गरिन् । ज्याकलिन बाहेक यस केसमा नोराह फतेही र निक्की ताम्बोली लगायत अन्य अभिनेत्रीहरु पनि संलग्न छन् । दुवै अभिनेत्रीमाथि प्रश्न पनि उठेको छ । २०० करोड फिरौतीको आरोपमा सुकेश चन्द्रशेखर हाल दिल्लीको जेलमा छन् । उनीविरुद्ध १० भन्दा बढी आपराधिक मुद्दा दर्ता छन् ।