१२ श्रावण २०८३, मंगलवार
,
Latest
ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन निर्वाचन प्रणालीमा प्रविधि र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सांसद अग्रवालको माग चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्याकलिनलाई ठूलो राहत, २ सय करोडको ‘मनी लन्ड्रिङ’ मुद्दामा अदालतले दियो अन्तरिम जमानत



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाम २०० करोडको ठगी मुद्दामा नराम्ररी फसेको छ । यस मामिलामा ज्याकलिनसँग लगातार सोधपुछ जारी छ । सोधपुछपछि, प्रवर्तन निर्देशनालयले पनि ज्याकलिनको सुकेश चन्द्रशेखरसँग सम्बन्ध रहेको दाबी गर्‍यो, त्यसपछि अभिनेत्रीलाई पटियाला हाउस कोर्टले बोलाएको थियो ।

यसै क्रममा ज्याकलिन पटियाला हाउस कोर्ट पुगेकी छिन् । ज्याकलिनका वकिलले उनको लागि पटियाला हाउस कोर्टमा जमानतको आवेदन दिएका छन् ।

साथै, अतिरिक्त सत्र न्यायाधीश शैलेन्द्र मलिकले पनि ज्याकलिनको जमानत याचिकामा ईडीसँग जवाफ मागेका छन् । त्यतिन्जेल उनको नियमित जमानत अदालतमा विचाराधीन छ । ज्याकलिनका वकिलको आग्रहमा अदालतले ज्याकलिनलाई ५० हजार रुपैयाँ धरौटीमा अन्तरिम जमानत दिएको हो ।

यसअघि पनि दिल्लीको आर्थिक अपराध शाखाले ज्याकलिनसँग लामो समयसम्म सोधपुछ गरेको थियो । यो सोधपुछ करिब १५ घण्टासम्म चलेको थियो, जसमा ज्याकलिनले धेरै गम्भीर प्रश्नहरूको सामना गर्नुपरेको थियो । यी सबैको बीचमा, ईडीले आफ्नो चार्जशीट दायर गरेको थियो, जसमा ज्याकलिनलाई २०० करोड लिएको मामिलामा आरोपी पाइएको थियो । उनीविरुद्ध धेरै साक्षी र प्रमाणहरू आधार बनाइएको छ ।

ज्याकलिन फर्नान्डिजले आफूले ठग सुकेशबाट धेरै महँगो उपहार लिएको स्वीकार गरिन् । ज्याकलिन बाहेक यस केसमा नोराह फतेही र निक्की ताम्बोली लगायत अन्य अभिनेत्रीहरु पनि संलग्न छन् । दुवै अभिनेत्रीमाथि प्रश्न पनि उठेको छ । २०० करोड फिरौतीको आरोपमा सुकेश चन्द्रशेखर हाल दिल्लीको जेलमा छन् । उनीविरुद्ध १० भन्दा बढी आपराधिक मुद्दा दर्ता छन् ।




भर्खरै