२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जवान’ले कमायो रिलिज हुनुअघि नै २५० करोड



अ+ अ-

एजेन्सी । बलिउडका सुपरस्टार शाहरुख खानलाई ठूलो पर्दामा देख्नका लागि फ्यानहरू उत्सुकताका साथ प्रतिक्षामा छन् । यस्तो अवस्थामा उनी आफ्ना फ्यानहरूलाई निराश हुने कुनै मौका दिन चाहँदैनन् । शाहरुख आगामी वर्ष अर्थात् २०२३ मा तीनवटा फिल्म लिएर कमब्याक गर्न लागेका छन् ।

अर्को वर्ष शाहरुखका तीन ठूला फिल्म रिलिज हुँदैछन् । यी मध्ये एक हो एक्सन प्याक फिल्म ‘जवान’, जसलाई साउथ निर्देशक एटलीले निर्देशन गर्दैछन् । शाहरुखलाई पर्दामा हेर्न मानिसहरु यति आतुर छन् कि अर्को वर्ष रिलिज हुन लागेको फिल्म ‘जवान’को चर्चा सुरु भइसकेको छ ।

अब ‘जवान’को ओटीटी र स्याटेलाइट अधिकारसँग सम्बन्धित नयाँ अपडेट आउँदैछ । भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मको ओटीटी र स्याटेलाइट अधिकार ठूलो रकममा बेचिएको छ । फिल्मको ओटीटी अधिकार ‘नेटफ्लिक्स’सँग भए पनि यसको स्याटेलाइट अधिकार ‘जीटीभी’ले किनेको छ । एक ट्विटर ह्यान्डलले ‘जवान’ को स्याटेलाइट र ओटीटी अधिकार करिब २५० करोडमा बेचेको दाबी गरेको छ ।

‘जवान’ मा शाहरुख खानसँग नयनतारा, सुनील ग्रोवर, विजय सेतुपति र सान्या मल्होत्रा ​​देखिने भएका छन् । चलचित्र रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो । फिल्म अर्को वर्ष जुन २ मा हलमा रिलिज हुनेछ । यस फिल्ममा शाहरुख खान डबल रोलमा देखिनेछन् । ‘जवान’को लेखन तथा निर्देशन एटलीले गरेका हुन् ।