२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

केयुकेलका सिईओको कार्यकक्षमा तालाबन्दी, मागियो राजीनामा



अ+ अ-

काठमाडौँ । काठमाडौँ खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) मिलनकुमार शाक्यको राजीनामा माग्दै उनको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

सिईओ शाक्यको कार्यसम्पादन कमजोर भएको भन्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड स्वतन्त्र कर्मचारी संघ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघले सिईओको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । उनीहरुले सिईओ शाक्यको राजीनामासमेत माग गरेका छन् ।

यद्यपि अन्य कर्मचारी संगठनले तालाबन्दीप्रति असहमति प्रकट गरेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले एक विज्ञप्ति जारी गरी परिस्थितिको गम्भीरतालाई खानेपानी जस्तो अत्यावश्यकीय सेवा प्रवाह गरिरहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा भएको तालाबन्दीप्रति असहमति जनाएको हो ।

संगठनले तत्काल ताला खोलेर वार्ता संवादको विधि र प्रक्रिायबाट समस्याको समधान खोज्न माग गरेको छ । सरकार र राजनीतिक दलहरु आमनिर्वाचनको पूर्वतयारीमा होमिएको र दशैँ नजिकै आएको अवस्थामा खानेपानी उत्पादन, प्रशोधन र वितरण गर्नु सबै ट्रेड युनियनकर्मी र कर्मचारीको कर्तव्य र जिम्मेवारी भएको संगठनको भनाइ छ ।

उसले नेपाल सरकारले अत्यावश्यकीय वस्तु र सेवामा बन्द, हड्ताल, तालाबन्दी गर्न नपाउने भनी जारी गरेको आदेशपालना गर्दै आम उपभोक्ता वर्गलाई निर्वाधरुपमा खानेपानी सेवा प्रवाह गर्नु कम्पनीको घोषित लक्ष्य र उद्देश्य भएको स्मरण गराएको छ ।

मेलम्ची आयोजनाबाट दिगोरुपमा खानेपानी आपूर्ति हुन समय लाग्ने अवस्था देखिएको, २०७० सालदेखि खानेपानीको महसुल वृद्धि नभएको र तत्काल मूल्य समायोजन हुने अवस्था नरहेको, नेपाल सरकारले आव २०७९ साल साउन महिनादेखि वृद्धि गरेको कर्मचारीको तलब स्केलले थप दायित्व सिर्जना भएको र सरकारबाट सञ्चालन अनुदान प्राप्त नभएको अवस्था सबैमा अवगत नै छ भन्दै संगठनले भनेको छ, “आगामी दिनमा कम्पनीले आर्थिक संकटको कारणले खानेपानी सेवा प्रवाह सहजरुपमा गर्न नसक्ने जटिल अवस्था आउने देखिन्छ ।

भविष्यमा आउने विषम परिस्थितिको आकलन गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रशासनिक, आर्थिक, प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा आमूल सुधारका लागि अधिकतम प्रयास गर्ने वा संरचनागत परिवर्तनका लागि काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाटै उपत्यकाको समग्र खानेपानी तथा सरसफाई व्यवस्थापन गर्ने विकल्प रोज्ने ?”