६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु



अ+ अ-

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण क्षति पुगेको पुलमा नेपाली सेनाले बेलिब्रीज जडान कार्य सुरु गरेको छ ।

असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र बाढी तथा पहिरोका कारण सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली ६ जोड्ने बि.पि. राजमार्ग र पुष्पलाल राजमार्ग बीचमा रहेको सुनकोशी नदीको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाई आवागमन पूर्णरुपमा अवरुद्ध भएको थियो ।

उक्त पुल मर्मत गरी आवागमन सुचारु गर्न शनिबारदृखि खटिएको प्राविधिक सहितको नेपाली सेनाको टोलीले उक्त स्थानमा आज आइतबारबाट बेलिब्रीज जडान कार्य सुरु गरेको हो ।