१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र होइनः प्रचण्ड

बाबुरामसँगको सहकार्य चुनावसम्म मात्र होइनः प्रचण्ड
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताउनु भएको छ ।

अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताउनु भयो ।

आफूहरु एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गर्दै उहाँले अव मुलुकका फेरी समृद्धिको, विकासको समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरु सहकार्यमा आएको पनि स्पष्ट पार्नु भयो । नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार (आज) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरुले मर्न चाहेको उल्लेख गर्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गर्नु भयो ।

अध्यक्ष दाहालले भन्नु भयो, ‘हामीले समाजवादको लागि एउटा नयाँ जनयुद्ध नयाँ खालको गोरेटो कोर्ने संकल्प गरेपछि अनि हामी अव एकैठाउँमा केन्द्रित हुने हो । चनाव आईनै हाल्यो । चुनावमा त हामी आ–आफ्नो पार्टी भन्दै तर एउटै चुनाव चिन्हबाट जाने निर्णय पनि यो चुनावका लागि मात्रै गरिएको निर्णय होइन ।

तपाईहरुलाई के नलागोस् भने यो दुईटा बसेर चुनावका लागि मात्रै गरे । तर, यसको लागि मात्रै गरिएको छैन । यो त्यो भन्दा धेरै माथि उठन बल गरिएको छ हामी । र, यो देशलाई फेरी एकचोटी समृद्धिको, विकासको, समाजवादको एउटा नयाँ मोडल हामीले नै दिनुपर्ने हुन्छ, हामीले नै दिन्छौं ।

किनभने यो परिवर्तनको बाहक हुनुको नाताले, त्यसको नेतृत्वको टिम हुनुको नाताले हामीले त्यसको जियोमेट्रीकल्ली निकै ठूलो हुन्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं । र, हामी हिजो पनि एकअर्काको पुरक भएर हामीले आन्दोलनलाई यहाँसम्म ल्याएको हो । बानी, व्यहोरा र स्वभावको हिसावले बाबुरामजीको र मेरो धेरै मिल्दैन । तर फेरी हामी दुइटा एकठाउँमा हुँदा एकको अभाव अर्कोले पुर्ति गरिदिने, अर्कोको अभाव अर्कोले पूर्ति गरिदिने एउटा ठूलो शक्ति र तागत भएको थियो ।

त्यसकारण यो बीचको समिक्षा गर्दै अव फेरी एकचोटी देशलाई, आन्दोलनलाई, समाजवादलाई र विकासलाई समाजवादको नयाँ मोडेललाई त्यो १९ औं शताब्दीको जस्तो हुनेवाला छैन । त्यो बिसौं शताब्दीको जस्तो पनि हुनेछैन । त्यो एक्काईसौं शताब्दीको हामीले हुनेछ । अव हाम्रो जीवनको धेरै वर्ष त बाँकि छैन । बढिमा हामीले हिसाव गरेको छौं एक दशक । हाम्रो प्रत्येक काम एक दशकमा एउटा गरेको देखिन्छ । हामीले एक दशक लगाएर जनयुद्धको तयारी ग¥यौं । एक दशक जनयुद्ध ग¥यौं । एक दशक संविधान बनाउनेमा बितायौं । अव एक दशक नयाँ प्रयोग गर्ने भनेर हामी आ–आफ्नो ढंगले गयौं । परिणाम त्यति राम्रो देखिएन ।

अबको दशक फेरी एकठाउँ केन्द्रित भएर समाजवादको नयाँ मोडेल दिनुछ यो देशलाई । र, विकासको नयाँ मोडल दिएर हामी विदा हुँदा यो संसारबाट हामीले फेरी एउटा मोडेल दियौं भन्दै खुसीसाथ संसारबाट विदा हुने सपना हामीले बनाएका छौं । हामी ठूलो सपना देख्नेवाला भित्र पर्छौं । ठूल्ठूला सपना देख्ने र त्यसलाई पूरा गर्न अनवरत संघर्ष गर्ने, मेहनत गर्नेभित्र पर्छाैं हामी । त्यसकारण यो उद्देश्यमा तपाईहरु सबैले पनि त्यही उचाईमा उठने कोसिस गर्दै हामीलाई एकै ठाउँमा केन्द्रित गर्न, एउटै आन्दोलन निर्माण गर्न तपाईहरु सबैले पनि सहयोग गर्नु हुनेछ भनेर म आग्रह पनि गर्न चाहन्छु ।

तपाईहरुसँग अपिल पनि गर्न चाहन्छु । हाम्रो यो बीचमा सानोसानो चित्त पनि देखिएका छन । अव सानो चित्त गरेर होइन, अनि ठूलो मनले हामीलाई तपाईहरुले सहयोग गर्नुपर्ने हुन्छ । तपाईहरु सबैको सहयोग, सदभाव प्राप्त गर्न सकियो भने हामीले फेरी एकचोटी नयाँ सपना देखेर ऊर्जासहित अगाडि बढन खोजेको छौं । मलाई लाग्छ हामी सफल हुन्छौं । त्यसकारण अहिले देशमा ठूल्ठूला चाडपर्व आउँदैछ । वडा दशैको प्रक्रिया सुरु भईनै सकेको छ । अनि, तिहार, छठ, ल्होसार, जस्ता पर्वहरुको श्रृखला नै अगाडि छ । यो कार्यक्रम पनि त्यही सन्दर्भमा तपाईहरुले आयोजना गर्नु भएको हो ।

म सबैलाई फेरी एकचोटी अपिल गर्न चाहन्छु कि फेरी हामी नेपालमा साँचो अर्थमा समाजवादको मोडेल तयार पार्ने हामीले संकल्प लिएका छौं । यसमा देशभरीका जनताले पनि किनकी हामीले हिजो देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा ल्याउने नेतृत्वको भूमिका खेल्यौं । अव समृद्ध समाजवाद बनाउनका लागि, सामाजिक न्यायसहित विकासको नयाँ मोडल दिने हामीले संकल्प गरेका छौं । यो संकल्पलाई पनि सबैतिरबाट सहयोग हुने अपेक्षा गरेका छौं । र, म आम नेपाली जनसमूदायसँग पनि यो अपिल गर्दै विदा हुन्छु ।’

अध्यक्ष दाहालले भट्टराई र आफूबीच बानी, व्यहोरा र स्वभाव नमिले पनि एकले अर्काको अभाव पूर्ति गर्दै आएको उल्लेख गर्दै अव मुलुकलाई समृद्धिको अभाव हुन नदिने गरी अघि बढने संकल्प लिएको पनि पटकपटक दोहो¥याउनु भयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका आफूहरुले नयाँ समाजवादी मोेडेल तय गरी मुलुकलाई समृद्ध बनाउन पनि सफल हुने जिकीर गर्नु भयो ।