१ बैशाख २०८२, आईतवार
April 13, 2025 Sunday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.94

Wind: 1.03

Humidity: 53

तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई कालो झण्डा देखाउने जसपाका १२ कार्यकर्ता पक्राउ



अ+ अ-

जनकपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी (जसपा) का १२ जना कार्यकर्तालाई पक्राउ परेका छन् ।

शनिबार ओलीलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा देखाइएको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया लगायतका नेतालाई पार्टीमा प्रवेश गराउन ओली जनकपुर पुगेका छन् ।

यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए । १८ दिनपछि उनी पुनः जनकपुर गएका हुन् ।