२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भयो: महेश बस्नेत



अ+ अ-

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय युवा संघको प्रचार भेलामा बोल्दै नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरुमा भ्रम छरेको बताउनुभएको हो । उहाँले राष्ट्रिय युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्न सक्नुपर्ने बताउनु भयो । नेता बस्नेतले पछिल्लो समय युवाहरुमा देखिएको निराशालाई युवा संघले समयमा समाल्न नसके विदेश पलायन वा विकृतिमा लाग्ने बताउनु भयो ।

उहाँले सामाजिक सञ्जालको दुरुपयोग गरेर माओवादीे,वाइसेल,काँग्रेस,नेविसंघ लगायतले भ्रम छरेको आरोप लगाउनु भयो । नेता बस्नेतले नेपालमा राजनीतिक अस्थिरता फैल्याउन पार्टीका नेता कार्यकतालाई समाप्त पार्नेगरी महाशक्ति राष्ट्रका खेताला र गोठालाहरु उत्पादन गर्न विभिन्न समूह लागेको बताउनु भयो । उहाँले त्यसको लागि अन्तराष्ट्रिय मिसिनहरु समेत परिचालित भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘युवाहरुमा देखिएको निराशालाई समयमा नै राष्ट्रिय युवा संघले सम्हाल्न नसके विदेश पलायन हुने छ । विकृति विसङ्गतितिर जान्छ । जसरी अहिले अराजकतावादी समूहले युवाहरुमा निराशाको बीउ रोपिरहेको छन् । अराजकता वादीहरुले रोपेको बीउ युवा संघले नष्ट गर्न सकेन भने विकृती विसङ्गतिमा फस्छ । त्यस्तो निराशा बीउ तोड्न नसके युवाहरुको समुह अवराधिक कर्ममा जान खोज्छ ।

अहिले सामाजिक सञ्जालमार्फत प्रकट भइरहेका अपराधिक गतिविधिहरुमा अराजक समूहहरुले यो समूहलाई पहिचान गरिरहेको छ । अराजक समूह अहिले भौतिक रुपमा वा साइवर मार्फत माओवादीे,वाइसेल,काँग्रस,नेविसंघ,भिम उपध्याय भएर,खगेन्द्र संग्रौला,बालेन शाहहरु भएर र रवि लामिछानेहरु भएर विभिन्न रङ्गीचङ्गी कुराहरु बोकेर प्रकट हुन्छ । नेपालमा राजनीतिक अस्थिरता फैल्याउने र दलित, महिलाको पक्षमा,मधेस,जनजातीको पक्षमा बोल्न पार्टी विचार नेता कार्यकतालाई समाप्त गरिदिने र नेपालमा दलालहरु उत्पादन गर्ने महाशक्ति राष्ट्रका खेतला र गोठालाहरु उत्पादन गर्न अराजकतावादी शक्तिहरु लागेका छन् । अनेक खालका अन्तराष्ट्रिय मिसनहरु परिचालित छन् । त्यहाँ युवाहरुलाई भुलाइएको छ त्यहाँबाट युवाहरुलाई ल्याउन आवश्यक छ ।’

नेता बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी एमाले माथि जथाभावी आक्रमण भइरहेको बताउनु भयो । उहाँले सामाजिक सञ्चाल र साइवरमार्फत एउटा कोठामा बसेर एमालेलाई गरेको आक्रमण गरेको बताउनु भयो । नेता बस्नेतले आफूलाई नक्कली आइडीमार्फत ८ हजार १ सय जनाले गाली गर्ने मान्छे रहेको बताउनु भयो । उहाँले नक्कली आइडी बनाएर गाली गर्नेहरुलाई राम्रो सम्बोधन गर्न नसकिने बताउनु भयो ।

उहाँले आगामी निर्वाचनमा एमाले माथि बाधा अड्चन आउँछ भने युवासंघले प्रतिकार गर्नुपर्ने बताउनु भयो । उहाँले युवा संघले नविनता,गतिशिलतासँगै रहर लाग्दो, भर लाग्दो र डर लाग्दो युवा संघ अगाडि जाँदा मंसिर ४ गतेको निर्वाचनमा एमालेको विजय कसैले रोक्न नसक्ने बताउनु भयो ।




भर्खरै