१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

बागलुङको सदरमुकाम र सहरमै छैन खानेपानी

बागलुङको सदरमुकाम र सहरमै छैन खानेपानी
बागलुङ बजार
अ अ+ अ-

बलेवा । बागलुङको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन ।

साविकको कुश्मीशेरा गाविसभरिका सर्वसाधारणलाई पानी पुर्याउने गरी आयोजना सुरु भएको हो । सङ्घीयताको कार्यान्वयनसँगै जैमिनी नगरपालिका गठन भएपछि कुश्मीशेरा बजार नगरपालिकाको सदरमुकाम बनेको छ । गाविसबाट परिमार्जन भएर वडा बनेको कुश्मीशेरा बजारले दशकौँदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएको छ ।

कहिले खोलाको पानी त कहिले कुलोको पानीका भरमा बजारवासी छन् । कुश्मीशेरा बजारमात्रै होइन बजार आसपासका गाउँमा समेत खानेपानीको चरम समस्या छ । केही वर्ष पहिला बजारका घरघरमा धारा बने । बजारको केही माथि पानी सङ्कलनका लागि ट्याङ्की पनि बनेका छन् । तर पानी भने आएको छैन ।

लामो समय मुहानको विवादका कारण कुश्मीशेरा बजारमा पानी ल्याउने काम रोकिएको आयोजना उपभोक्ता समितिका अध्यक्ष रुद्र आचार्य बताउनुहुन्छ । लामो सङ्घर्षपछि मुहान विवाद समाधान भएकाले अब भने पानी ल्याउने बाटो फुकेको छ । “संरचना सबै तयार भएका छन्, अब एक महिनामा धारामा पानी खसाल्न सकिन्छ”, उहाँ भन्नुहुन्छ, “विवाद समाधान भएकै दिनदेखि मुहानमा आएको बाढी र पहिरोले पानी ल्याउन नसकिएको हो ।”

आयोजनाको मुख्य मुहानबाट छ सय धारामा पानी खसाल्ने योजना छ । मुख्य मुहानको पानी नपुग्ने अन्य १४ वटा गाउँका लागि स्थानीय मुहानको व्यवस्थापन गरेर आयोजनाले घरघरमा पानी पुर्याउने लक्ष्य राखेको छ । झण्डै साढे रु छ करोड लागत अनुमान रहेको आयोजना समयमा पूरा नहुँदा सर्वसाधारण शुद्ध खानेपानीबाट बञ्चित हुनुपरेको हो । बहुवर्षे आयोजना भएकाले कामको प्रगतिका आधारमा नेपाल सरकार र प्रदेश सरकारले हरेक वर्ष बजेट विनियोजन गर्ने गरेका छन् । यो आयोजनाका सबै काम सकिँदा कुश्मीशेराका एक हजार २०० घरधुरीले शुद्ध खानेपानी पाउनेछन् ।

अध्यक्ष आचार्यका अनुसार यो आयोजना सम्पन्न गर्न १४ किलोमिटर पाइपलाइन, एक सय घनमिटरका दुई वटा ट्याङ्की, २० घनमिटरका चार वटा ट्याङ्की, १० घनमिटरका दुई वटा र १२ घनमिटरको एक ट्याङ्की तयार भएका छन् ।

खानेपानीको समस्या जैमिनी नगरपालिकाको मुकाममा मात्रै छैन । बागलुङका अधिकांश स्थानीय तहको मुकाममा खानेपानीको समस्या छ । गलकोट नगरपालिकाको मुकाम रहेको वडा नं ६ मा पनि शुद्ध खानेपानीको अभाव छ । तीन वर्ष पहिले सुरु भएको भुल्केनी खानेपानी आयोजना सम्पन्न नहुँदासम्म यहाँका सर्वसाधारणले शुद्ध पानी पाउने छैनन् ।

तीन वर्ष पहिले सुरु भएको यो खानेपानी आयोजनाले हालसम्म तीन सय ६७ घरधुरीमा पानी पु¥याएको छ । सात सय घरधुरीका लागि खानेपानी पु¥याउने लक्ष्यण् राखेको योजनाले बाँकी घरधुरीका लागि एक घर एक धारा निर्माणको काम गरिरहेको गलकोट नगरपालिका–६ का अध्यक्ष रामप्रसाद कँडेलले बताउनुभयो ।

“खोलानाला धेरै भएकाले गलकोटमा पानीको समस्या छ भन्न मिल्दैन”, उहाँ भन्नुहुन्छ, “खानेपानीलाई व्यवस्थित गरेर घरघरमा पु¥याउने काम बाँकी छ ।” यसै वर्ष आयोजनाको काम सकेर पालिकाका घरमा एकघर एक धारा पु¥याउने योजना रहेको कँडेलले सुनाउनुभयो ।

पानीको समस्या ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारमा पनि छ । यहाँ खानेपानी ल्याउनका लागि २०५६ सालमा सुरु भएको क्रमागत बुर्तिबाङ खानेपानी आयोजना चलिरहेकै छ भने अन्य ससाना आयोजनासमेत सञ्चालनमा छन् । बजारका लागि पानी ल्याउन २७ किलोमिटर टाढा रहेको मुहानदेखि बजार आसपासका मुहानको प्रयोग गर्ने प्रयास ढोरपाटन नगरपालिकाले गरेको छ ।

सदरमुकाम बागलुङ बजारमा शुद्ध पानीको अभावको विषय दिनहुँ चर्चामा आउँछ । अहिले बागलुङ बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइँदै आइएको छ । तर वर्षाको समयमा हिलो र हिउँदमा मुहानबाटै पानी कम आउँदा समस्या जस्ताको तस्तै छ । विसं २०७५ असारदेखि निर्माण थालिएको लिफ्टिङ खानेपानी आयोजना समयमा सम्पन्न नहुँदा समस्या गहिरिएको हो ।

बागलुङ नगर खानेपानीको नयाँ लिफ्ट आयोजना सम्पन्नसँगै शुद्धीकरण गरेको पानी वितरणको तयारीमा नगर खानेपानी छ । पुस महिनामा परीक्षणको पानी बागलुङ बजारमा पु¥याउने निर्माण व्यवसायीको लक्ष्य रहेको छ ।

खानेपानीको समस्या भएपछि बागलुङ बजारका उपभोक्ताले खानेपानी ल्याउनका लागि उपल्लाचौरको अम्बोट, तित्याङ र सुलडाँडा पुग्ने गरेका छन् । अधिकतम प्रयास गर्दासमेत बागलुङ बजारवासीलाई वितरण गरेको पानीमा केही सुधार आए पनि शुद्धीकरण नै गरेको पानी नयाँ आयोजना सम्पन्न नहुँदासम्म खुवाउन समस्या हुने बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले जानकारी दिनुभयो ।

बागलुङ बजारमा खानेपानीको माग प्रतिसेकेण्ड ४० लिटर रहेकामा पानी नपर्दा प्रतिसेकेण्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि प्रतिसेकेण्ड ७० लिटर खानेपानी आपूर्ति हुने बताइएको छ । डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको हो ।रासस