• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

महानगरले अनामनगर क्षेत्रका अवैध संरचना हटाउँदै



फाईल फोटो

काठमाडौं । अवैध संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाको डोजर अनामनगर क्षेत्रमा आईपुगेको छ ।

शुक्रबार महानगपालिकाको डोजरले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा रहेका अवैध संरचना हटाउन थालेको छ ।

महानगरले सडक सीमा मिचेर बनाइएका अग्ला पर्खालहरु भत्काउन थालेको छ । सोहि क्रममा महानगरले नक्सा विपरीत बनेका अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलको पर्खालहरुमा डोजर चलाएको छ ।

महानगरपालिकाले अवैध संरचनाहरु हटाउने कार्यलाई तिव्रता दिदै आईरहेको छ ।