४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाद्वारा राष्ट्रपतिको राजीनामा माग गर्दै मधेशमा चरणबद्ध आन्दोलन घोषणा



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले मधेश प्रदेशमा राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

जसपाले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिको राजीनामा माग गरेको हो । संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकराण्का लागि राष्ट्रपतिकहाँ पुगेको सो विधेयक राष्ट्रपति भण्डारीले मंगलबार प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको थियो ।

जसपाले राष्ट्रपतिको संवैधानिक व्यवस्थाबमोजिम सो विधेयक प्रमाणीकरण नगरेपछि उहाँको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

शनिबारदेखि जसपाले शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ । पार्टीले बुधबार र बिहीबार पनि मधेश प्रदेशका आठ वटै जिल्लामा राष्ट्रपति भण्डारीको पछिल्लो कदमप्रति विरोध गरेको थियो ।

आन्दोनका कार्यक्रमअनुसार असोज ८ गते जिल्ला सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमका बारेमा नागरिक समाजलगायतसँग अन्तरक्रिया गर्ने रहेको छ । त्यस्तै असोज ११ गते पार्टीका भ्रातृ संगठनले राष्ट्रपति विरुद्ध प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने, असोज १३ गते पालिका र वडास्तरमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।