२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिविरुद्धका रिट मनोज शर्माको इजलासमा



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनहरु न्यायाधीश डा मनोज शर्माको इजलासमा सुनुवाइ हुदैछ ।

नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी पाँच वटा फरक रिट निवेदन दर्ता भएका थिए । ती सबै रिट निवेदनहरु एकैसाथ डा शर्माको एकल इजलासमा पेशी तोकिएको हो । यद्यपि ३० वटाभन्दा पछि पालो परेकाले ती निवेदनहरुको सुनुवाइ हुने सम्भवाना ज्यादै न्यून छ ।

राष्ट्रपतिले यही असोज ४ गतेभित्र नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने थियो । उहाँले संवैधानिक दायरा मिचेको भन्दै परमादेशको माग राखी उहाँविरुद्ध पाँच फरक रिट निवेदन दर्ता भएका थिए ।

राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भएको नागरिकता विधेयक संसद्को दुवै सदनबाट हुबहु पारित भई प्रमाणीकरणका लागि दोस्रोपटक सो विधेयक राष्ट्रपतिकहाँ पुगेको थियो । राष्ट्रपति भण्डारीले दोस्रोपटक पनि सो विधेयक प्रमाणीकरण गर्नुभएको थिएन ।




भर्खरै