३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिविरुद्धका रिट मनोज शर्माको इजलासमा



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनहरु न्यायाधीश डा मनोज शर्माको इजलासमा सुनुवाइ हुदैछ ।

नागरिकता विधेयक प्रमाणीकरण गराउन राष्ट्रपतिलाई परमादेश दिनुपर्ने माग राखी पाँच वटा फरक रिट निवेदन दर्ता भएका थिए । ती सबै रिट निवेदनहरु एकैसाथ डा शर्माको एकल इजलासमा पेशी तोकिएको हो । यद्यपि ३० वटाभन्दा पछि पालो परेकाले ती निवेदनहरुको सुनुवाइ हुने सम्भवाना ज्यादै न्यून छ ।

राष्ट्रपतिले यही असोज ४ गतेभित्र नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने थियो । उहाँले संवैधानिक दायरा मिचेको भन्दै परमादेशको माग राखी उहाँविरुद्ध पाँच फरक रिट निवेदन दर्ता भएका थिए ।

राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भएको नागरिकता विधेयक संसद्को दुवै सदनबाट हुबहु पारित भई प्रमाणीकरणका लागि दोस्रोपटक सो विधेयक राष्ट्रपतिकहाँ पुगेको थियो । राष्ट्रपति भण्डारीले दोस्रोपटक पनि सो विधेयक प्रमाणीकरण गर्नुभएको थिएन ।