१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

पर्दामा सफल भएन ‘द्वन्द्वको कथा’

पर्दामा सफल भएन ‘द्वन्द्वको कथा’
अ अ+ अ-

काठमाडौँ । यस वर्ष नेपाली फिल्ममा दर्शकले द्वन्द्वको कथालाई भिन्न तरिकाले हेर्न पाइरहनुभएको छ । निर्माता तथा निर्देशकले द्वन्द्वको कथालाई पर्दामा ल्याउन गरेको साहसको चर्चा पनि भयो । विशेषत यस प्रकारको फिल्ममा लगानी सुरक्षित हुने सम्भावना अन्यको तुलनामा कम हुन्छ । नेपालमा व्यासायिक सफलता पाउने फिल्म सम्झिने हो भने हाँस्यप्रधान विषयवस्तु बोकेको धेरै छ । यसले दर्शक पूर्ण मनोरञ्जनात्मक फिल्म चाहन्छन् भन्ने प्रस्ट्याउँछ ।

यस वर्षको सुरुआतदेखि नै तीन माओवादी द्वन्द्वको परिवेशमा जोडिएर निर्माण भएको तीन फिल्म प्रदर्शनमा आइसकेको छ । दोख, पानीफोटो र प्रकाश । तीनै फिल्म जम्म सकेन । नयाँ पुस्ताले उक्त विषयवस्तुलाई हलसम्म पुगेर हेर्ने जाँगर देखाउनुभएन । अर्कोतर्फ द्वन्द्वको समय पार गर्नुभएका पुस्ताले पनि त्यसलाई सम्झिन चाहेनन् । किनकि तीनै फिल्मको व्यापार न्यून छ ।

कलात्मक फिल्म हेर्ने दर्शकसमेत नआउँदा यस किसिमको कथालाई ठूलो पर्दामा अब देख्न मुस्किल पर्नेछ । ‘कालोपोथी’ फिल्मले पाएको सफलताले फिल्मकर्मीलाई द्वन्द्वको परिवेशमा कथा भन्न उत्साहित गरेको हो । गएको असार पहिलो साता प्रदर्शनमा आएको फिल्म ‘दोख’ झण्डै सात वर्षको मेहेनतपश्चात हलसम्म आइपुगेको थियो । भुइँचालो, नाकाबन्दी त कहिले कोरोनाका कारण प्रोडक्शनमा बढी समय खर्चिएको भएता पनि दर्शकले रुचाउनुभएन । दर्शकको साथ नपाउँदा सात दिन हलमा रहन मुस्किल प¥यो । गाउँले परिवेश, जीवनशैली, द्वन्द्व र फुटबललाई विषय बनाएको ‘दोख’ लाई अनुप बरालले निर्देशन गर्नुभएको छ । द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाइएको छ ।

निर्माणमा लामो समय लागेको भएर पनि दर्शक फिल्मसँग जोडिन सक्नुभएन । हलसम्म आइपुग्नुभएका केहीले यसलाई राम्रो भनेता पनि व्यावसायिकरूपमा घाटा भयो । यसले हलमा प्रदर्शन भएवापत पाउने शेयर निकै न्यून छ । निर्देशक बराल यस किसिमको फिल्ममा दृश्य भाषा, कथ्य शैली रेगुलरझैँ नहुने बताउनुहुन्छ । तर उहाँ असफलता भने स्वीकार्नु हुन्छ । उहाँकै अभिनय रहेको ‘पानीफोटो’ पनि असफल रह्यो ।

द्वन्द्वकालमा हराएको छोराको खोजीमा रहेको बुवाआमाको कथा फिल्ममा देखाइएको छ । यसलाई अभिनेता खगेन्द्र लामिछानेले निर्देशन गर्नुभएको हो । कोरोना भाइरसको महामारीले गर्दा भएको लकडाउनले यसलाई केही असर ग¥यो । बुढेसकालको सहारा बेपत्ता हुँदा परिवारले भोग्ने भोगाइलाई यसमा प्रस्तुत गरिएको छ । ‘पानीफोटो’ दशक अगाडि गुरुकूलमा मञ्चन भएको सोही नामको नाटककै अनुरुपण गरिएको फिल्म हो ।

यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्नुभएका लामिछानेलाई पहिलो प्रयासमै असफलता प्राप्त भयो । उहाँले आफ्नो भोगाइबाट यसको कथा तयार गर्नुभएको थियो । ‘‘मेरो मामा पनि बेपत्ता हुनुभएको अझै फर्किनुभएको छैन । उहाँको पर्खाइमा मेरो हजुरआमा टोलाइरहनु हुन्थ्यो । यस्तै अन्य कथा पनि सुनेपछि मञ्चन गरेको नाटकलाई फिल्ममार्फत धेरै दर्शकसम्म पु¥याउन चाहन्थेँ । “यद्यपि सफलता प्राप्त भएन”, निर्देशक लामिछानेले भन्नुभयो । उहाँ आउँदो समयमा लेखन तथा निर्माण शैलीमै आफूलाई परिवर्तनसमेत गर्ने सोचमा हुनहुन्छ ।

माओवादीको तर्फबाट युद्ध लडेर सहिद हुनुभएको व्यक्तिका परिवारको कथा ‘प्रकाश’ मा देखाइएको छ । वर्गीय विभेद, भ्रष्टाचार, बेथिति अन्त्य गर्न युद्ध लड्दा सहिद हुनुभएको कमरेडको छोरा प्रकाशले भोगिरहेको विभेद, शिक्षक बन्न गरेको सङ्घर्षको कथा फिल्ममा छ । अघिल्लो दुई फिल्मको तुलनामा यसले व्यावसायिकरूपमा सुखद् व्यापार गरेता पनि असफल नै रह्यो ।

स्टारडमको छायाँलाई हटाएर कलाकारिता देखाउन प्रयत्न गर्नुभएको प्रदीप खड्का सफल हुनसक्नु भएन । उहाँलाई हेर्न हलसम्म आइपुग्ने दर्शक कम भए । उल्लेखित तीन फिल्मको असफलताले दर्शकले द्वन्द्वको कथालाई हेर्न नचाहेको प्रस्ट्याएको छ । ‘प्रकाश’ ले अन्य दुईभन्दा तुलनात्मकरूपमा हलसँगै डिजिटल राइट्स, विदेश राइट्सबाट लगानीको केही प्रतिशत फिर्ता ल्याउन सफल भएता पनि पानीफोटो र दोखको अवस्था नाजुक छ ।

तीनै फिल्मको असफलतालाई लेखक प्रदीप भारद्वाज दर्शकको टेस्ट बदलिएको बताउनुहुन्छ । “दर्शक अब पुनः त्यहीँ समयलाई हेर्न चाहनुहुन्न, त्यसैले हलसम्म आउनु भएन । हामीले अब मनोरञ्जनात्मक फिल्म निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो । द्वन्द्वको कथा पर्दामा असफल भएता पनि आउँदो समयमा यी फिल्मले बितेको कालखण्डलाई सङ्ग्रहित गरेर नयाँ पुस्ताका लागि दस्तावेजको काम गर्ने विश्वास निर्माता तथा निर्देशकमा छ ।