१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पताल अगाडि चल्यो महानगरको डोजर(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका औषधि पसलहरु रहेको अस्थायी टहरा भत्काएको छ ।

बिहीवार महानगरले वीर अस्पताल अगाडि रहेका औषधि पसलका अस्थायी टहरा भत्काएको हो । सर्जिकल भवनको पास भएको नक्शामा सो क्षेत्र बगैँचाको रुपमा रहेको तर वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् ।

महानगरपालिकाले भने पसलहरु हटाउन बुधवार २४ घण्टे अल्टिमेटम दिएको थियो । डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पताल अगाडिको सो पुरानो टहरमा डोजर चलाएर औषधि पसल हटाएको छ ।

सटरहरु प्रयोग गर्न नमिल्ने गरी भत्काइएको छ । महानगरपालिकाले यसअघि विभिन्न स्थानमा असंवैधानिक रुपमा बनाएका संरचनाहरु भत्काउँदै आएको छ ।

यसअघि महानगरपालिकाले कोटेश्वर, बानेश्वर, गोंगबु, सोह्रखुट्टे लगायतका स्थानहरुमा बनाइएका अवैध संरचनाहरु भत्काएको थियो ।