६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कम्युनिष्टहरुको एकता अहिलेको आवश्यकताः अध्यक्ष प्रचण्ड

कम्युनिष्टहरुको एकता अहिलेको आवश्यकताः अध्यक्ष प्रचण्ड
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दार कम्युनिष्टको एकता अहिलको आवश्यकता भएको बताउनुभएको छ । शहीद रामवृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा आज माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी पुुुनर्निर्माण गर्ने सङ्कल्प गरेको बताउनुभयो । 

माओवादी शान्ति सम्झौता प्रक्रियामा आएपछि क्रान्तिकारी चरित्र, संस्कार बिर्सिंदै गएको गुनासो आएकाले यसकाविरुद्ध आफैँ आत्मसमीक्षा गर्ने, सङ्कल्प गर्ने आवश्यकता रहेकामा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी सबै पद, प्रतिष्ठामा ध्यान दिने व्यक्तिवादी भएका छौँ, यसमा समीक्षा गनुपर्ने भएको छ, विचार, सिद्धान्त र वर्गप्रति समर्पित हुनु अहिलेको आवश्यकता हो ।”

अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा गएर विचारलाई अझ परिमार्जन, परिस्कृत गर्ने, महाविशेनसम्म गएर त्यसलाई थप समृद्ध गर्ने तयारीमा पार्टी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले आफ्नो औचित्य सिद्ध गर्न सकेनौं भने विघटन र विसर्जनको भुमरीमा पर्ने सम्भावना छ, तर हामी त्यस्तो हुन दिने छैनौं, शहीदहरुको योगदानको बलमा अन्तिम समयसम्म हामी लड्नेछौँ ।” उहाँले कम्युनिष्ट पार्टीहरुबीच एकताको झण्डा र राष्ट्रिय एकताको झण्डा उठाउने सङ्कल्प आफूहरुले गरेको जनाउँदै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्दै, सबै खाले टुटफुटविरुद्ध उत्रिन आवश्यक रहेकामा जोड दिनुभयो ।

कम्युनिष्ट पार्टीभित्रै विभिन्न नकारात्मक प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सम्पूर्ण उपलब्धिलाई धराशयी पार्ने प्रवृत्ति कम्युनिष्ट पार्टीभित्रबाट देखापर्यो, त्यसलाई हामीले प्रतिगमन भन्यौँ, त्यो प्रतिगमन अहिलेलाई पराजित भएको छ, हामीले त्यसकाविरुद्ध निर्मम ढङ्गले सङ्घर्ष र विद्रोह गर्नुपर्ने स्थिति देख्यौँ र विद्रोह ग¥यौँ ।”

कार्यक्रममा अध्यक्ष प्रचण्डले शहीद रामवृक्ष यादवको स्मरण गर्दै यादव विचारमा प्रस्ट, सिद्धान्तमा निष्ठावान्, आन्दोलनमा समर्पित, सबैसँग मिलनसार, मृदुभाषी, बहुआयामिक व्यक्तित्व रहेको बताउनुभयो । तराई, मधेसको सर्वमान्य नेताका रुपमा स्थापित हुँदै अघि बढ्नुभएका यादवको जनयुद्धको तयारीका क्रममा हत्या भएको र त्यसबेला पार्टीलाई ठूलो क्षति पुगेको उहाँले जानकारी दिनुभयो । 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले शहीद यादवको व्यक्तित्वको चर्चा गर्दै कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान सदा स्मरणीय रहने बताउनुभयो ।