• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताल ★   इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाइदिएः रास्वपा ★   राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड ★   सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु ! ★   मुम्बई आईपीएल प्लेअफको दौडबाट बाहिरियो, कोलकाताकोे १२ वर्षपछि वानखेडेमा जित ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो ★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमेरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित)

‘प्रेमगीत ३’ को हिन्दी डबलाई सञ्चार मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता



काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले सो फिल्मलाई नेपाली चलचित्रको मान्यता दिएको हो ।

विवादमा रहेको फिल्मको हिन्दी डबको सेन्सर पास भइसकेको छ । बुधबार नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन कसीले ‘प्रेम गीत ३’ का निर्माता र वितरकलाई हिन्दी डब सेन्सर पास भएको अनुमति पत्र दिएका थिए ।

फिल्मका निर्माता चक्र बहादुर चन्द तथा वितरकद्धय मनोज राठी र गोविन्द शाहीले बोर्ड पुगेर अध्यक्ष भुवन केसीलाई भेट्दै १५ प्रतिशत विकास शुल्क बुझाएर सेन्सर अनुमति लिएका थिए । यस अघि फिल्म हिन्दी भर्सन रिलिज हुने वा नहुने भन्नेबारेमा निकै नै असमझादी भै रहेको थियो । आक्रामक बुकिङ्गका साथ फिल्मले अहिले अग्रिम बुकिङ्ग खुला गरिसकेको छ ।

मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ भने १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

सन्तोष सेनको निर्देशनमा बनेको फिल्म भोलि शुक्रबारबाट विश्वभर प्रदर्शनमा आउँदै छ । फिल्ममा प्रदिप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ।