• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   ‘आगामी आवको बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित’ ★   राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई शुभकामना ★   लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट ★   मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित ★   सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छः एमाले नेता भट्टराई ★   अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी ★   अनिल शाह ५८ रन जोडेर आउट ★   नेपालले गुमायो दोस्रो विकेट, आसिफ शेख अर्धशतक बनाएर आउट भए ★   हरेक पटक टिममा नयाँ फेरबदल गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ – क्यान ★   त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

‘प्रेमगीत ३’ को हिन्दी डबलाई सञ्चार मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता



काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले सो फिल्मलाई नेपाली चलचित्रको मान्यता दिएको हो ।

विवादमा रहेको फिल्मको हिन्दी डबको सेन्सर पास भइसकेको छ । बुधबार नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन कसीले ‘प्रेम गीत ३’ का निर्माता र वितरकलाई हिन्दी डब सेन्सर पास भएको अनुमति पत्र दिएका थिए ।

फिल्मका निर्माता चक्र बहादुर चन्द तथा वितरकद्धय मनोज राठी र गोविन्द शाहीले बोर्ड पुगेर अध्यक्ष भुवन केसीलाई भेट्दै १५ प्रतिशत विकास शुल्क बुझाएर सेन्सर अनुमति लिएका थिए । यस अघि फिल्म हिन्दी भर्सन रिलिज हुने वा नहुने भन्नेबारेमा निकै नै असमझादी भै रहेको थियो । आक्रामक बुकिङ्गका साथ फिल्मले अहिले अग्रिम बुकिङ्ग खुला गरिसकेको छ ।

मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ भने १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

सन्तोष सेनको निर्देशनमा बनेको फिल्म भोलि शुक्रबारबाट विश्वभर प्रदर्शनमा आउँदै छ । फिल्ममा प्रदिप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ।