५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिल र आसिफको अर्धशतकमा अन्तिम खेलमा नेपाल विजयी



अ+ अ-

काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गर्यो । वेस्ट इन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । यद्यपि, सिरिज भने वेस्ट इन्डिज ए ले जितिसकेको छ । ५ खेलको सिरिज ३–२ मा सकिएको छ ।

अन्तिम खेलमा नेपालको जितमा आसिफ शेख र अनिल शाहले अर्धशतीय इनिङ्स खेले । आसिफले ३५ बलमा ५१ तथा अनिलले ४५ बलमा ५८ रनको योगदान दिए । यस्तै, कुशल मल्ल ३७ रनमा अविजित रहे ।

१८ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । १८ औं ओभरमा उनले सबै बाउन्ड्री प्रहार गरे । छक्काबाट सुरु गरेका मल्लले त्यसपछि लगातार चौका हिर्काए । यस्तै, कुशल भुर्तेलले १३ रन जोडे ।

बलिङतर्फ वेस्ट इन्डिज ए का ओवेड मक्वेले ३ तथा म्याथ्यु फोर्डेले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन जोड्यो ।

उसका लागि एलिक अथानाजेले अविजित ४२, रोस्टन चेजले ३३, जोनसन चाल्र्सले २४, म्याथ्यु फोर्डेले २३, कादिम एलिएने र मार्क देयालले ११–११ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले ३–३ विकेट लिँदा अभिनाश बोहराले एक सफलता हात पारे ।