• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

भक्तपुरमा पर्यटक बसको ठक्करबाट एक जनाको मृत्यु



सांकेतिक तस्बिर

काठमाडौं । भक्तपुरमा पर्यटक बसले ठक्कर दिंदा एक वृद्धको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका८, सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा१प १५५१ नं. को बसले ठक्कर दिदा भक्तपुर नगरपालिका बस्ने ७२ वर्षीय दिलमाया श्रेष्ठको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ठक्कर दिने बससहित चालकलाई नियन्त्रणमा लिएको छ ।