१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश सभाः एमाले सांसदहरुको नाराबाजी, बैठक अवरुद्ध



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गर्दै  बैठक अवरुद्ध गरेका थिए । सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म वैठक चल्न नदिने भन्दै एमाले सांसद हरि रिजालले अवरोध जनाएपछि एमाले सांसदहरु उठेर रोष्टम नजिक पुगेर नाराबाजी गर्र्न सुरु गरेका थिए ।

आजको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने, तथा उद्योग, वन तथा वातावरणमन्त्री समेत रहेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूची थियो ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले यसअघिको सरकारले अध्यादेशबाट ल्याएको विनियोजन विधेयक (बजेट) फिर्ता गर्न टेबल गर्ने र सभामुखले निर्णयार्थ पेश गर्ने त्यस्तैगरी प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि आजको बैठकमा राखिएको थियो ।

अबको बैठक सांसद अजय शाही र विमला खत्री वलीलाई सभामुखले पदमुक्त नगरेसम्म चल्न नदिइने नेकपा एमाालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।