२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससका कार्यकारी सम्पादक बस्नेत सम्मानित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई ‘राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड–२०७९’ प्रदान गरिएको छ । सम्पादक बस्नेत विगत तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

राष्ट्रिय प्रेस क्लब, नेपालको ३८औँ वार्षिकोत्सवको अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्पादक बस्नेतसहित विभिन्न क्षेत्रमा योगदान गर्नुहुने ४२ जनालाई सम्मान गर्नुभयो । सम्मानित हुनेमा पूर्वमन्त्री, साहित्यकार तथा समाजसेवी भद्रकुमारी घले, गायक तथा सञ्चारकर्मी कृष्ण कँडेल, समाजसेवीद्वय पदम उप्रेती र लोकबहादुर टण्डन, सामाजिक अभियान्ता रामशरण न्यौपाने, व्यावसायीद्वय इ विनोद ढकाल र बेदुप्रसाद पाण्डे हुनुहुन्छ ।

सम्मानित व्यक्तित्व समाजसेवी उप्रेतीले मुलुकको व्यवस्था बदलिए पनि अवस्था जस्ताको जस्तै रहेको बताउँदै आर्थिक, सामाजिक विकाससँगै सुलुकको समग्र विकासको निम्ति सरकार, राजनीतिक दल र सम्बन्धित सबैमा आग्रह गर्नुभयो ।

मानवअधिकारको सम्मान गर्नुपर्छः पूर्वउपराष्ट्रपति

सोही अवसरमा पूर्वउपराष्ट्रपति झाले पूर्ण प्रेस स्वतन्त्रता कायम गर्दै मानवअधिकारको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । विशेष गरी विश्व शान्ति, प्रेस स्वतन्त्रता र मानवअधिकारको विषयमा छलफल गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “विश्व शान्ति, पूर्ण प्रेस स्वतन्त्रता र मानव अधिकारजस्ता विषयमा निरन्तर फोकस हुनुपर्छ, यी विषयलाई जनतासमक्ष पु¥याउनुपर्ने जरुरी छ ।”

काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले सरकारले मुलुकको धार्मिक पर्यटनको विकानसमा जोड दिनुपर्ने धारणा राख्नुभयो । रासस