८ कार्तिक २०८१, बिहीबार
,
Latest
महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान् रवि र छवि सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी बिमा प्राधिकरणबाट रु एक करोड हस्तान्तरण श्रीलंकाविरुद्ध नेपालको सानदार जित, सेमिफाइनलमा भारतसँग भिड्ने राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ, सरकारले हस्तक्षेप गर्नुपर्छः मन्त्री भट्टराई साफ महिला च्याम्पियनसिपः पहिलो हाफमै श्रीलंकाविरुद्ध नेपाल ४–० ले अघि
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दी र मुस्ताङ जोड्ने ‘रिसेका’ पदमार्गको सम्भाव्यता अध्ययन



अ+ अ-

बेनी । म्याग्दी र मुस्ताङलाई जोड्ने नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरि आइसफल पदमार्ग अन्तर्गत रहेका सेञ्चुरी पदमार्ग, रिखार पदमार्ग र कालीबराह पदमार्गलाई जोड्ने गरी ‘रिसेका’ (रिखार, सेञ्चुरी, कालीबराह) पदमार्गको सम्भाव्यता अध्ययन गरिएको हो ।

कालीगण्डकी र भेरी नदी जोड्ने गरी परिकल्पना गरिएको ग्रेट धौलागिरि पदमार्गका अभियन्ता मनबहादुर खत्रीको टोलीले ‘रिसेका’ पदमार्गकोसमेत अध्ययन गरेको हो । भदौ अन्तिम सातादेखि असोज ३ गतेसम्म म्याग्दीको चिमखोला, कुइनेमङ्गले हुँदै मुस्ताङको कालापानीसम्मको रिसेका पदमार्गको सम्भाव्यता अध्ययन गरिएको मोहनबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार, धौलागिरि हिमालको दक्षिण आधार शिविर जाने सेञ्चुरी पदमार्ग, कुइनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रिखार र चिमखोलाको कालीबराह ताल क्षेत्र र मुस्ताङको लेते जोड्ने गरी नयाँ पदमार्गको खोजी गरिएको हो ।

यस पदमार्गअन्तर्गत कुइनेमङ्गलको पात्लेखर्कबाट पदमार्ग सुरु गरी रिखार–रुरुचौर–मानापाथि आधार शिविर–धौलागिरि दक्षिण आधार शिविर–आइसफल भ्यु पोइन्ट–कालिबराह ताल र त्यहाँबाट मुस्ताङको कालापानी निस्कन सकिने गरी पदमार्गको पहिचान गरिएको खत्रीले बताउनुभयो ।

बेनीबाट एक साताको पदयात्रा गर्न सकिने गरी पदमार्गको पहिचान गरिएको र यसलाई नक्साङ्कनको तयारी गरिएको उहाँको भनाइ छ । यस पदमार्गमा धौलागिरि आइसफल पदमार्गका साथै धौलागिरि पदमार्गको सिङ्कोसबगर, मल्कबाङको च्यामलीडाँडा, चौरवन हुँदै रिखार जोड्ने परम्परागत भेडीगोठ मार्ग र कालीबराहदेखि पहेलीबराह, ठूलीमेला, मुली, घ्वाङ्खर्क, खल्मी, टकसार हुँदै मुस्ताङको कोवाङ जोड्ने परम्परागत चौरी मार्गसमेत जोडिन्छन् ।

हिमाली भूगोललाई समेटिएको यो पदमार्ग अन्य पदमार्गको तुलनामा शाहसिक हुने पर्यटनविद् बताउँछन् । पदमार्गअन्तर्गत सबैभन्दा अग्लो स्थान चार हजार नौ सय मिटर उचाइको बाँझोखर्क, भ्यु–पोइन्टबाट लोभलाग्दो दृष्यको अवलोकन गर्न सकिन्छ । धौलागिरि र अन्नपूर्ण रेञ्जका हिमालको अवलोकनका साथै हिमाली भेगमा रहेका भेडा र चौँरीका गोठ, वन्यजन्यु, चराचुरुङ्गी, जडीबुटी, हिमाली भूगोल पर्यटकका लागि थप आकर्षणका रुपमा रहेका छन् ।

धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० नै तयार गरिएको अवस्थामा दुवै पदमार्गलाई समेट्दै छुटेका गन्तव्यलाई समेत समेट्ने रिसेका पदमार्गले यस क्षेत्रको पर्यटन विकासमा रचनात्मक भूमिका खेल्ने अपेक्षा गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।