४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै

अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान्

अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान्
अ+ अ-

जहाँ पनि तपाइ चल्छ, कोर्टमा पनि तपाईंको चल्छ? एउटा कागज साइन गर्ने मान्छेलाई अन्याय गर्ने  हद हुन्छ श्रीमान्। हद गरेका छन् श्रीमान् यिनिहरुले मलाई हद गरेका छन। मलाई यिनीहरुले एउटा टेलिफोन गर्न दिँदैनन्। अनुमति पाउँ, अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान्। हद गरेको छ राज्यले। अहिले भर्खर के काजगमा साइन गरेको भनेर सोध्न आउनु भएको उहाँ । तपाईहरु मलाईं कागज हस्ताक्षर गर्न दिनुहुन्न! 

६ दिनदेखि हिरासतमा छु। चार घण्टाभन्दा बढि बयान भएको छैन। प्रश्नहरु दोहोरिएका छन्, तेहेरिएका छन्। मैल श्रीमानलाई पाईलट भन्नु र मलाई सहकारी ठगीको मुद्दा लाग्नु एउटै हो श्रीमान्। सम्मानीत संसदीय समितिको त्यो ठूलो प्रतिवेदनको कभरपेज पढ्नु भयो होला कालो कोट लगाउने महासयले। एकपटक फेरि यही इजलासमा पढेर हेरियोस्, सहकारी ठगीमा मेरो संलग्नता कहाँ, कुन अक्षरमा लेखिएको छ?

राज्य दम्भ देखाउछ, बयान लिँदैन, छल्छ। अनि आदेश दिईएको छ, प्रहरीलाई जागिर जाला, सरुवा होला भन्ने डर   छ । डर देखाइसकियो, चितवनमा सीडीओ र एसपी फालियो अब यहाँका त्राहीमाम हुनुहुन्छ। मलाई आँखाभरी आँशु पारेर ‘हामीलाई थाहा छ तपाईंको केही पनि छैन तर, के गर्नु हजुर आदेश मान्नुपर्छ’ भन्नुहुन्छ उहाँहरु नै। मैले यहाँ नबोलेर कहाँ बोल्ने? चरम अन्याय भैरहेको छ। सुनुवाई कुन न्यायाधीशकोमा पर्छ र कुन न्यायाधीश कसले नियुक्ति गरेको हो भन्ने आधारमा अदालतलाई प्रभावित पार्ने प्रयास गर्छौ भन्दै हिंड्ने पनि छन्। तर मलाई तिनमा विश्वास छै।

मलाई श्रीमान् माथि विश्वास छ। मलाई म्याद थप हुन्छ बहस त गर्ने मात्र हो भनिएको छ । तर, मलाई यसमा पनि विश्वास छैन। किनकी, एक्स्ट्रा अडिनरी विषयमा एक्स्ट्रा अडिनरी कुरा हुन्छ । गलत तथ्यहरु दिइएको छ, गलत कुराहरु भन्दै आईरहेको छ । श्रीमान् मलाई तर्साइएको छ । सहकारीको सर्भरको कुरा गरिएको छ । नयाँ के तथ्य छ ? अनि, कुन चाहीँ प्रश्न लुकेको छ यहाँ ? सर्भर बरामद भएपछि मसँग लिइएको बयान यहीँ छ । सर्भरमा के भेटियो भन्ने बयान पनि भइसकेको छ । 

श्रीमान्, हिजो राति फोन गरीगरी बोलाएर, लाइन लागाएर उजुरी दिन आउ भनेर प्रहरी कार्यालयमा उजुरी गर्ने मान्छे बोलाइएको छ । यो मेरो आक्रोश हो, मैले जे महसुस गरेको छु । आज मैले श्रीमानस‌ग  भन्नु पर्ने हुन्छ, कहाँसम्मको अन्याय गरिएको छ भन्ने कुरा । मेरो पक्षमा कार्यक्रम हुँदा खेरि सहकारी ठगीलाई कारबाही गर भन्दै पार्टीका कार्यकर्ता मात्र होइन जिम्मेवार नेताहरुलाई सडकमा पठाउँछन ।

यो देशले आशा गरेका नयाँ मान्छे बोकेर बसेका छौं। उनीहरु शान्त रुपमा आन्दोलन गरेर बसेका छन्। शान्त आन्दोलनमा पार्टीका मान्छे पठाएर बिथोल्ने काम हुन्छ । वृद्ध बा–आमाहरु आएका छन् । त्यस्ता मान्छेलाई बिथोल्ने कार्य हुन्छ । अनि हिंसा भड्काउने कार्य हुन्छ । के आफ्नो बारेमा शान्त रुपमा आवाज उठाउन पनि पाईदैन श्रीमान् ? स्वतन्त्र रुपमा प्रदर्शन गर्न पनि पाईदैन श्रीमान ? शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरिन्छ र भनिन्छ नयाँ दल पनि उस्तै हुन् !

दुई तिहाईको सरकार मेरोविरुद्ध षड्यन्त्र गरिरहेको छ । यतिखेर न्यायालय बाहेक कसैको आशा हुन सक्दैन श्रीमान । मलाई न्यायलयको आशा छ, त्यसकारण आज यो अदालतमा मैले केही कुरा भनेको हुँ श्रीमान । 

एउटा जाँच एउटा कक्षमा मान्छेले कति पटक दिन्छ श्रीमान ? म यो ठूलो आवाजका लागि क्षमा चाहान्छु, असाध्यै धेरै पीडा भएर नै आवाज ठूलो भएको हो । 

तत्कालिन प्रधानमन्त्रीले प्रहरीलाई बोलाएर, सीआइवीलाई बोलाएर, महान्यायाधिवक्तालाई बोलाएर सोधेर, तिनले दिएका पत्रको आधारमा उजुरी छैन, मुद्दा छै, कतै प्रतिवादी होइन भनेर संसदमा भन्नु भएको होइन । त्यतिखेरका सत्तसाझेदार अहिलेका प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनेका कुरा अहिले काम लागेन ? सहकारी छानबिन संसदीय समितिका सभापतिले विभिन्न टेलिभिजनमा उहाँको संलग्नता छैन, केही कतै देखिएन, संस्थागतमा कुनै निर्णय गरिएको छैन भनेर बताउनु भएको होइन? प्रहरी प्रमुखले संसदीय समितिमै बयान दिनुभएको होइन? गर्न बाँकी केही छैन श्रीमान। तरपनि सहकारी ठगेको मुद्दा लगाइएको छ, संगठित अपराधसमेत भनिएको छ । 

म बिदेशमा बेचिएका चेलीहरुलाई देशमा ल्याउने संगठित अपराधमा लागेको रहेछु श्रीमान् सजाय पाऊँ। म बिदेशमा अलपत्र परेका नेपाली दाजुभाइलाई नेपालमा ल्याउने संगठित अपराधमा लागेको मान्छे हो, सजाय पाऊँ श्रीमान्। म बाढीले बगाएको बस्ती मधेसमा बनाउने संगठित अपराधमा हिंडेको अभियुक्त हुँ, सजाय पाऊँ श्रीमान् । म दुर्गम कालिकोटमा अस्पताल बनाउन गएको मान्छे हो, मलाई त्यो संगठित अपराधमा पनि मुद्दा चलाइयोस् श्रीमान । 

श्रीमान्, जुन तहको राजनीति र जुन तहको अन्याय ममाथि भएको छ, संसारले हेर्दै छ । मैले आफूलाई सम्हालेर बसेको छु । एउटा परिस्थिति बनेपछि श्रीमान् समक्ष आफ्नो कुरा राख्न पाएँ। यो मेरो लागि सौभाग्यको कुरा हो । तर, मैले केही पनि गर्न नहुने ! 

मैले चुनाव लड्न नहुने, सांसद÷मन्त्री हुन नहुने । अनि, म नागरिक हुन नहुने । विना आधार र प्रमाण म हिरासतमा बस्नु पर्ने? ६÷६ दिनसम्म राखेर मसँग जम्मा ४ घण्टा बयान लिइएको छ । ल्याएर राख्ने, लिङ्गरिङ गर्ने अनि बयान भएको छैन भनेर म्याद थप्न माग्ने?

सल्लाह भए बमोजिम, सरकारले घेराबन्दी गरे बमोजिम मलाई अन्य थप मुद्दा, सम्पत्ति शुद्धीकरण, यो शुद्धीकरणसम्म लगाउने? सहकारी पीडित कतिले आत्महत्या गरे, मलाई आत्महत्या दुरुत्साहनको पनि अभियोग लगाइदिनुस् । यो चाँही किन छोड्नु र श्रीमान्? 

मेरो आक्रोश श्रीमानप्रति होईन । उजुरी परेका तिनै सहकारीहरु ठाउँ–ठाउँ पुर्याउने कुरा गरिँदै छ । मलाई साहारा, सुप्रिम, सानो पाइला सहरकारी भएका ठाउँमा लैजाने कुरा छ । श्रीमान् मैले अब दिनुपर्ने कतिवटा जाँच बाँकी छ? 

म अन्यायको शिखरमा उभिएर न्यायको आशा गरेर श्रीमानतर्फ  हेरेर बसिरहेको छु । नियमित भएको प्रक्रियाले के भन्छ मलाई थाहा छैन । मलाई न्यायलयबाहेक अरु केही विश्वास, भरोसा र आश छैन । 

यतिखेर जब म प्रतिपक्षमा छु, जतिखेर देशमा दुई तिहाईको शक्तिशाली सरकार छ त्यो शक्ति नागरिकको वा अरु कसैको मुख थुन्न वा अन्याय गर्न दुरुपयोग नहोस् । यो बेलामा कोर्ट अझ बढी सक्रिय हुनेछ भन्ने विश्वास लिन्छु । म फेरि पनि पीडाका कारण आक्रोशमा बदलिएको अभिव्यक्ति स्वीकार गरिदिनुहुन्छ भनेर बिनम्रपूर्वक क्षमा माग्दै आफ्नो कुरा टुग्याए श्रीमान ।”

कास्की जिल्ला अदालतका न्यायाधीश पौडेलसामु रवि लामिछानेले दिएकाे बयान