१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि र छवि सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी



अ+ अ-

रुपन्देही। रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एबं पूर्व गृहमन्त्री तथा रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित सहित १२ जना बिरुद्ध पक्राउ अनुमति पत्र जारी गरेको छ । उनिहरुलाई ठगी र संगठित अपराधको कसुरमा पक्राउ पूर्जी जारी भएको छ।

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी अनुसन्धानमा रहेका लामिछाने सहित १२ जना माथि सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि रुपन्देही अदालतबाट पक्राउ अनुमति पत्र जारी भएको हो।

जिल्ला अदालत रुपन्देहीले बिहीबार सभापति लामिछाने, पूर्व डिआईजी छविलाल जोशीसहित १२ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिनुभयो ।

सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो।

रास्वपा सभापति लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा रहेका छन्। गोर्खा मिडियाका अध्यक्ष जिवी राई बिरुद्ध यस अघि नै पक्राउ अनुमति पूर्जी जारी भइसकेको छ।