४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा राप्रपाका शिर्षस्थ नेता बिच आर्थिक क्षेत्रका बिबिध पक्षवारे छलफल

नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा राप्रपाका शिर्षस्थ नेता बिच आर्थिक क्षेत्रका बिबिध पक्षवारे छलफल
अ+ अ-

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र मल्लले मुलुकको आर्थिक क्षेत्रको विकासको लागि कृषिलाइ प्राथमिकता दिनु पर्ने बताउनु भयो । नेपालले वर्षेनी खरवौ मूल्यका खाद्यान्न लगायत कृषिजन्य वस्तुहरु आयात गरिरहेको पृष्ठभूमीमा कृषिको सभाव्यता प्रचुरमात्रामा रहेकोेले कृषिलाइ प्राथमिकता दिन र कृषिको उत्पादकत्वमा वृद्धि गरी उत्पादनलाइ बजारसंग संयोजन गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

रा.प्र.पा.ले निकट भबिष्यमा तर्जुमा गर्न लागेको आर्थिक नीतिका लागि उक्त पार्टीले निजी क्षेत्रको अवधारणावारे जानकारी लिने क्रममा आज चेम्वरमा आयोजित कार्यक्रममा चेम्वर अध्यक्ष श्री मल्लले कोभिडको राहत प्याकेज ग्रामीण स्तरमा पुग्न नसकेको बताउनु हुंदै बिदेशबाट सीप सिकेर आएका युवाहरुको सीप उपयोगका लागि न्युनतम व्याजदरमा कर्जा उपलब्ध हुनु पर्ने बताउनु भयो । यसका साथै घरजग्गा कारोवारलाइ व्यवस्थित गर्न व्रोकर लाइसेन्सको व्यवस्था, बिदेशी लगानीमा स्थापना हुने उद्योगमा पिपिपि मोडलमा जनस्तरमा लगानीको प्रावधान गरिनु पर्ने बताउनु भयो ।

उक्त अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री पशुपति समशेर जवराले आर्थिक बिकासका सवालमा निजी क्षेत्रको अहं भूमिका हुने मान्यता सहित खुला बजार अर्थनीति तथा संगठित क्षेत्रमा निजी क्षेत्रको सहभागिता हुनु पर्ने बिश्वास राष्ट्रिय प्रजातन्त्र पार्टीको रहेको बताउनु भयो । रा.प्र.पा.अध्यक्ष श्री कमल थापाले चेम्वरका सुझावहरु निकै उपयोगी भएको र चासोका साथ लिएको बताउनु हुंदै पार्टीको आर्थिक घोषणापत्र तर्जुमा गर्ने क्रममा चेम्वरबाट प्रस्तुत गरिएका सुझावहरुलाइ मनन गरिने बताउनु भयो ।

राप्रपाका अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीेले चेम्वरबाट प्रस्तुत सुझावहरुवारे जिज्ञासा राख्नु भएको थियो । सो अवसरमा राप्रपा आर्थिक बिभागका संयोजक श्री उद्धव पौडेल र कार्य सम्पादन समितिका सदस्य श्री मोहन श्रेष्ठको पनि उपस्थिति रहेकोे थियो । उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष श्री कमलेश कुमार अग्रवाल उपाध्यक्ष श्री दीपक मल्होत्रा, तथा चेम्वर कार्य समिति सदस्य श्री पर्शुराम दाहाल, श्री राजारत्न तुलाधर, श्री दीपक काजी तुलाधर र श्री राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।