९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत सहसचिव स्तरीय बैठक शुरु (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक शुरु भएको छ ।बुधवारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरुको दुई दिने बैठक शुरु भएको हो ।

बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाईको पानी छोड्नेबारे, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ ।

त्यस्तै कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोशी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुनेछ । नेपालबाट भारत बहने अन्य नदीहरुको डुबान र कटानका समस्याहरू, खाँडो, बाणगंगा र पश्चिम राप्ती नदीहरूमा नयाँ उठाइएका कामहरूको स्थितिका बारेमा पनि छलफल हुने बताइएको छ ।

नेपालबाट भारततर्फको उडान, महाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाहरुका बारेमा छलफल हुनेछ ।