• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि ★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने

चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तवको निधन



एजेन्सी । चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । गत अगस्ट १० मा जिममा कसरत गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो ।

राजु लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए । हृदयघात भएपछि उनलाई यहाँ ल्याइएको थियो । उनको विगत ४२ दिनदेखि यहाँ उपचार भइरहेको थियो ।

मुटुमा धेरै अवरोध भएको रिपोर्ट आएपछि एम्सका चिकित्सकको टोलीले राजुको एन्जियोग्राफी गर्ने निर्णय गरेको थियो ।

तर, उनको स्वास्थ्यमा सुधार आएको थिएन । आखिर विगतदेखि भेन्टिलेटरमा मृत्युसँग लडिरहेका राजु श्रीवास्तवले आज संसार त्यागेका छन्। राजु श्रीवास्तवको निधनको खबर सार्वजनिक भएदेखि नै शोकको लहर छाएको छ । उनका फ्यानहरुले राजुप्रती श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनी १० अगस्ट बिहान कल्ट जिम, साउथ एक्स, दिल्लीमा कसरत गरिरहेका थिए। यसै क्रममा ट्रेडमिलमा दौडदै गर्दा उनको छातीमा पीडा भयो र उनी लडे । त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । राजुले सधैं आफ्नो फिटनेसको ख्याल राख्थे र उनी स्वस्थ थिए । जुलाई ३१ सम्म उनी लगातार शो गरिरहेका थिए । उनी थुप्रै शोहरु गर्ने तयारीमा समेत थिए ।