• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   बझाङमा उत्साहपूर्वक मतदान हुँदै ★   इलाम उपनिर्वाचनः राप्रपाका लक्ष्मी गुरुङले गरे मतदान ★   इलाम–२ मा डम्बर खड्काले गरे मतदान ★   इलाम उपनिर्वाचनः सुहाङ र मिलनले गरे मतदान ★   इलाममा १९ र बझाङमा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा ★   ५२३ रन र ४२ छक्का, कोलकाता र पञ्जाबबीचको खेलमा छक्काको वर्षा, बन्यो यस्तो रेकर्डहरु ★   बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिने सम्झौता खारेज ★   प्रिमियर कपबाट सबै निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित छौंँ – कप्तान रोहित ★   विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको कार्कीको अडान ★   नेपालले वेस्ट इन्डिज ‘ए’ सँग प्रतिस्पर्धा गर्दै

म्यानमारमा सेनाले गोली चलाउँदा ७ बालबालिकासहित १३ जनाको मृत्यु



एजेन्सी । म्यानमारको एक विद्यालयमा सैनिक हेलिकप्टरले गरेको आक्रमणमा ७ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

समाचार स्रोतका अनुसार मध्य सागाङ क्षेत्रमा रहेको बौद्ध विहार र लेट यात कोन गाउँको विद्यालयमा घटना भएको हो ।

सेनाले गाउँमा प्रवेश गरी गोली चलाएको थियो, जसमा धेरै मानिस घाइते भएका थिए । तर, केही सञ्चारमाध्यमले विद्यालय भवन विद्रोहीले प्रयोग गरिरहेको भन्दै सेनाले कारबाही गरेको बताएको छ ।

विद्यालयका प्रशासकका अनुसार गाउँको उत्तरमा चारवटा एमआई–३५ हेलिकप्टर घुमिरहेको थियो । ‘हामीले केही बुझ्नुअघि नै ती मध्ये दुईवटा हेलिकप्टरले मेसिनगन र भारी हतियारले विद्यालयमा गोली हानेका थिए । विद्यार्थीहरूलाई विद्यालयको तहखानेमा बनाइएको कक्षामा लिएर गएँ, त्यतिन्जेलसम्म ६ बालबालिकाको मृत्यु भइसकेको थियो ।’ उनले भने ।

विद्यालयमा गोली हानेपछि हेलिकप्टर नजिकैको गाउँतर्फ मोडिएको उनले बताए । सेनाको हेलिकप्टरले गाउँमा समेत गोली चलाउँदा एक किशोरको ज्यान गएको छ । माछा मारेर आफ्नो परिवारको गुजारा चलाउने उनको उमेर १३ वर्ष रहेको बताइएको छ । यसबाहेक गाउँमा अन्य ६ जनाको मृत्यु भएको छ ।

सेनाले २० जनालाई साथमा लिएर गएको स्थानीयले बताएका छन् । जसमा ९ जना बालबालिका, ३ जना शिक्षक र अन्य घाइते छन् । यी मध्ये दुई जनालाई सरकार विरोधी भएको आरोप लगाइएको छ ।