• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना ★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस् ★   सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ ★   राजस्थानको लगातार दोस्रोे जित, दिल्लीलाई १२ रनले हरायो ★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण

म्यानमारमा सेनाले गोली चलाउँदा ७ बालबालिकासहित १३ जनाको मृत्यु



एजेन्सी । म्यानमारको एक विद्यालयमा सैनिक हेलिकप्टरले गरेको आक्रमणमा ७ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

समाचार स्रोतका अनुसार मध्य सागाङ क्षेत्रमा रहेको बौद्ध विहार र लेट यात कोन गाउँको विद्यालयमा घटना भएको हो ।

सेनाले गाउँमा प्रवेश गरी गोली चलाएको थियो, जसमा धेरै मानिस घाइते भएका थिए । तर, केही सञ्चारमाध्यमले विद्यालय भवन विद्रोहीले प्रयोग गरिरहेको भन्दै सेनाले कारबाही गरेको बताएको छ ।

विद्यालयका प्रशासकका अनुसार गाउँको उत्तरमा चारवटा एमआई–३५ हेलिकप्टर घुमिरहेको थियो । ‘हामीले केही बुझ्नुअघि नै ती मध्ये दुईवटा हेलिकप्टरले मेसिनगन र भारी हतियारले विद्यालयमा गोली हानेका थिए । विद्यार्थीहरूलाई विद्यालयको तहखानेमा बनाइएको कक्षामा लिएर गएँ, त्यतिन्जेलसम्म ६ बालबालिकाको मृत्यु भइसकेको थियो ।’ उनले भने ।

विद्यालयमा गोली हानेपछि हेलिकप्टर नजिकैको गाउँतर्फ मोडिएको उनले बताए । सेनाको हेलिकप्टरले गाउँमा समेत गोली चलाउँदा एक किशोरको ज्यान गएको छ । माछा मारेर आफ्नो परिवारको गुजारा चलाउने उनको उमेर १३ वर्ष रहेको बताइएको छ । यसबाहेक गाउँमा अन्य ६ जनाको मृत्यु भएको छ ।

सेनाले २० जनालाई साथमा लिएर गएको स्थानीयले बताएका छन् । जसमा ९ जना बालबालिका, ३ जना शिक्षक र अन्य घाइते छन् । यी मध्ये दुई जनालाई सरकार विरोधी भएको आरोप लगाइएको छ ।