• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सत्ता गठबन्धन बैठकः सय सिटमा सहमति



file

काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभातर्फको निर्वाचनमा १६५ मध्ये सय सिटमा सहमति जुटेको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा आज उहाँको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा (माअ‍ोवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।

सत्ता गठबन्धनको अर्को बैठक बुधबार बिहान ८ बजेलाई बोलाइएको छ ।