२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मदलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको खुलासा



अ+ अ-

काठमाडौं । काठमाडौंको गोठाटारमा कपडा व्यवसायी ५५ वर्षीय लाल मोहम्मदलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको पाइएको छ ।

घटनास्थलबाट चार सय मिटर अगाडिको कोशीपारि गेष्ट हाउसमा बसेको अनुसन्धानमा खटिएको प्रहरी श्रोतले जनाएको छ । प्रहरीको अनुसार गोली हान्ने समूहमा ३ जना सामेल रहेका पाईएको छ ।

सर्लाहीहरिवन–२ का ५५ वर्षीय कपडा व्यवसायी लाल मोहम्मदको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ गोली हानी हत्या भएको थियो ।

प्रहरीको अनुसार गोली हान्ने समूहले एक महिनादेखि लाल मोहम्मदलाई पछ्याइरहेको थियो।

लाल मोहमदले लेनदेनका कारण केही व्यक्तिले धम्की दिएको र आफू असुरक्षित भएको भन्दै एक महिनाअघि नै प्रहरी बिट जम्मु डाँडामा निवेदन दिएका थिए ।