२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मदलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको खुलासा



अ+ अ-

काठमाडौं । काठमाडौंको गोठाटारमा कपडा व्यवसायी ५५ वर्षीय लाल मोहम्मदलाई गोली हान्नेहरु ३ दिनदेखि नजिकैको होटलमा बसेको पाइएको छ ।

घटनास्थलबाट चार सय मिटर अगाडिको कोशीपारि गेष्ट हाउसमा बसेको अनुसन्धानमा खटिएको प्रहरी श्रोतले जनाएको छ । प्रहरीको अनुसार गोली हान्ने समूहमा ३ जना सामेल रहेका पाईएको छ ।

सर्लाहीहरिवन–२ का ५५ वर्षीय कपडा व्यवसायी लाल मोहम्मदको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सोमबार साँझ गोली हानी हत्या भएको थियो ।

प्रहरीको अनुसार गोली हान्ने समूहले एक महिनादेखि लाल मोहम्मदलाई पछ्याइरहेको थियो।

लाल मोहमदले लेनदेनका कारण केही व्यक्तिले धम्की दिएको र आफू असुरक्षित भएको भन्दै एक महिनाअघि नै प्रहरी बिट जम्मु डाँडामा निवेदन दिएका थिए ।