२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् समानुपातिक सूचिमा परेका नेकपा एसका नेताहरु



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पनि आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरुको बन्दसूचि निर्वाचन आयोगमा बुझाएको छ ।

सोमबार अपरान्ह निर्वाचन आयोगमा पुगेर समानुपातिक तर्फको उम्मेदवारहरुको नामावली बुझाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनु भयो ।

उहाँले संविधान र कानुनको परिधिभित्र रहेर आफ्नो पार्टीले प्रदेशसभाका २२० सिट र प्रतिनिधिसभाको ११० सिटका लागि उम्मेदवारहरुको सूचि निर्वाचन आयोगमा बुझाइएको बताउनु भयो । उपमहासचिव तुलाधरले भन्नु भयो, ‘संविधान र कानुनको परिभाषा भित्र रहेर समानुपातिकतर्फको उम्मेदवारी दिएका छौं ।’

नेकपा एसका अनुसार समानुपातिक बन्दसूचीमा समबिष्ट प्रमुख ९ उम्मेदवार पार्टी वरियताका आधारमा तय गरिएको हो ।

जस अनुसार उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव डा. गंगालाल तुलाधर र सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्यहरु सावित्राकुमारी भुसाल ,रामचन्द्र यादव ,श्रीप्रसाद साह,भविश्वर पराजुली,केन्द्रीय लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठ, र पोलिट्ब्युरो सदस्य दीलकुमारी पन्तको नाम राखिएको छ ।




भर्खरै