७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् समानुपातिक सूचिमा परेका नेकपा एसका नेताहरु



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पनि आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरुको बन्दसूचि निर्वाचन आयोगमा बुझाएको छ ।

सोमबार अपरान्ह निर्वाचन आयोगमा पुगेर समानुपातिक तर्फको उम्मेदवारहरुको नामावली बुझाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनु भयो ।

उहाँले संविधान र कानुनको परिधिभित्र रहेर आफ्नो पार्टीले प्रदेशसभाका २२० सिट र प्रतिनिधिसभाको ११० सिटका लागि उम्मेदवारहरुको सूचि निर्वाचन आयोगमा बुझाइएको बताउनु भयो । उपमहासचिव तुलाधरले भन्नु भयो, ‘संविधान र कानुनको परिभाषा भित्र रहेर समानुपातिकतर्फको उम्मेदवारी दिएका छौं ।’

नेकपा एसका अनुसार समानुपातिक बन्दसूचीमा समबिष्ट प्रमुख ९ उम्मेदवार पार्टी वरियताका आधारमा तय गरिएको हो ।

जस अनुसार उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव डा. गंगालाल तुलाधर र सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्यहरु सावित्राकुमारी भुसाल ,रामचन्द्र यादव ,श्रीप्रसाद साह,भविश्वर पराजुली,केन्द्रीय लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठ, र पोलिट्ब्युरो सदस्य दीलकुमारी पन्तको नाम राखिएको छ ।