२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको समानुपातिक सूचीमा महरा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले कृष्णबहादुर महरालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ ।

माओवादी केन्द्रले सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकको सूचीमा कृष्णबहादुर महराको नाम सिफारिस गरिएको स्रोतले बताएको छ ।

महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । तर चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको बताईएको छ ।

उनले २०७४ सालमा दाङ–२ बाट चुनाव जितेका थिए ।