• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिन प्रहरी कान्तिपुरको कार्यालयमा ★   अक्षय कुमारले गरे पत्नी ट्वींकलको तारिफ ★   कोठाभाडा तिर्न नसक्दा कृष्णले मृत्युको बाटो रोजे ★   खेलकुदमन्त्री श्रेष्ठको शेयरमा एक करोड बढी लगानी ★   सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा ★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला

बालेनको बिश्वास: छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधी नेपालले जित्छ



काठमाडौं । काठमाडौं महानगरपालीका प्रमुख बानेल साहले नेपाली महिला फुटबलले नयाँ अध्याय सुरु गर्ने बिश्वास व्यक्त गर्नुभएको छ ।

छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तरगत पहिलो पटक फाईनलमा पुगेको नेपाली महिला फुटवल टोलीलाई शुभकामना दिदै साहले यस्तो बिश्वास व्यक्त गर्नु भएको हो ।

उहाँले फुटवल टोलीको फोटो पोष्ट गर्दे लेख्नु भएको छ- हामी एतिहासिक जित भन्दा एक कदम मात्र पछाडी छौ , आज को जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने बिश्वास छ ।जितको लागि सम्पुर्ण टिमलाई शुभकामना ।जय नेपाल

छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपले आज नयाँ विजेता पाउँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा घरेलु टोली नेपाल र बंगलादेशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजेपछि सुरु हुनेछ ।

महिला साफको १२ वर्षको इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् ।