६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

एमालेले कारबाही गरेका १४ जनाको बारेमा छिट्टै निर्णय हुन्छ: सभामुख सापकोटा

एमालेले कारबाही गरेका १४ जनाको बारेमा छिट्टै निर्णय हुन्छ: सभामुख सापकोटा
अ+ अ-

काठमाडौं । माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको गम्भीर ध्यानाकर्षण गराएको छ । बिहीवार सभामुख सिंहदरवारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरुले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधव कुमार नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो ।

सभामुख सापकोटालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा नेकपा एमालेका नेता विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताउनुभयो । नेता भट्टराईले अरु दलका नेतालाई तत्काल कारबाही गरेपनि ७२ घण्टा बित्न लाग्दासमेत नेकपा एमालेले कारबाही गर्न पठाएका १४ जना नेताहरुलाई कारबाही गर्न विलम्ब गरिरहेको बताउनुभयो ।

उहाँले विलम्ब गरेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि सूचना दिए त्यो गैरकानूनि, गैर संवैधानिक, वधनियत र नेकपा एमालेलाई जसरी पनि टुक्राउँछु भन्ने नियत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा एमालेको केन्द्रीय कमिटीले निर्णय गरेर नेपालको राजनीतिक दलसम्बन्धी ऐन र प्रतिनिधिसभा नियमावलीलाई फलो गरेर हामीले हाम्रो पार्टीको पटक पटक ह्वीप उल्लंघन गर्ने, अनुशासनको दायरा नाघ्ने र पार्टीको कुनैपनि अनुशासनको क्रियाकलाप भित्र नबस्ने पार्टीका केही नेताहरुलाई कारबाही गरेर सम्माननीय सभामुख महोदय समक्ष भदौ १ गते नै सूचीसहित विधिपूर्वक एउटा दल त्यागको सूचना गरेका थियौँ, त्यसमा हामीले मूलतः उहाँहरुलाई हाम्रो पार्टीका त्यस बेलामा सम्माननीय अध्यक्ष पूर्व प्रधानमन्त्री कपी शर्मा ओलीले विश्वासको मत लिन खोज्दा विश्वासको मत नदिएर ह्वीप उल्लंघन गर्ने १४ जनालाई हामीले पार्टीबाट दल त्याग गरेको सूचना दिएका थियौँ त्यो सूचना भदौ १ गते ४ बजेर २० मिनेट जाँदा दल दर्ता भएको थियो, अहिले यो ७२ घण्टा पुग्न लागेको स्थिती छ, यसभन्दा अगाडि सम्माननीय सभामुख ज्यूले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई २४ घण्टा नबित्दै सूचना जारी गरेर निष्काशन गर्नुभयो, त्यसपछि टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभू शाह,लेखराज भट्टलगायत प्रतिनिधि सभा सांसदहरुलाई प्रचण्ड कमरेडले सिफारिस गरीसकेपछि ७२ घण्टा भित्र सूचना प्रकाशित गरेर उहाँहरुलाई निष्काशन गर्नुभयो,i

तर नेकपा एमालेले गरेको हकमा के कारणले विलम्ब भइरहेको छ भनेर प्रश्न सोध्यौँ, हामी यसमा सम्माननीय सभामुख ज्यूलाई निर्वाचन आयोगमा दल दर्ता स्वीकृत होस् माधव कुमार नेपालको, पहिला फुटिसकोस् अनि दिन्छु भन्ने कुनै छुट छैन, र, पनि, देखि, बाट कुनै लाग्दैन, यो दलीय व्यवस्था हो, दलले निष्काशन गरिसकेपछि स्वतः कार्यान्वयनमा जाने कुरा हो, यसमा सभामुखले सूचना टास्ने कुरा मात्र हो, मात्र सूचना टास्ने कामलाई पनि सभामुख ज्यूले लिङ्गरिङ गरेर नेकपा एमाले विभाजन गरेर मलजल गर्छु, सहयोग पुर्याउँछु भन्ने स्थिती बन्यो भने नेकपा एमाले कुनै पनि हालतमा चुप लागेर बस्दैन, राज्य सुशासनका विरुद्ध, पञ्चायतका विरुद्ध ३० वर्ष लडेर आएको पार्टी भएको कारणले नेकपा एमाले कुनै पनि हालतमा छोड्दैन भन्ने कुरा हामीले जानकारी गराएका छौँ र छिटो भन्दा छिटो गर्छु भनेर आश्वासन दिनुभएको कारणले यो संवादलाई टुंग्याएका छौँ, समयको आवश्यक छ भनेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि दिन्छु भन्नुभएको हो भने यो गैरकानूनि छ, गैर संवैधानिक छ, वधनियत हुन्छ, नेकपा एमालेलाई जसरी पनि टुक्राउँछु भन्ने नियत देखिन्छ, त्यो नियत भए नेकपा एमाले चुप लागेर बस्दैन ।”

नेपाल पक्षको दल दर्तापछि मात्रै सभामुखले कारबाही गर्छु भन्ने सोचेको भए नेकपा एमाले चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।