३ पुष २०८२, बिहीबार
,
Latest
रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश यस्तो बन्यो एमालेको टिम प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी पदाधिकारीमा हारेका गुरु बराल र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस भयाे – प्रचण्ड



अ+ अ-

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर सत्ता गठबन्धन टुट्न लागेको हो कि भन्ने आशङ्का बढेर गएको छ । खासगरी नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाएर भए पनि एमसीसी पारित गर्न खोज्नुभएको आरोप लगाएपछि त्यस्तो आशङ्का बढेर गएको हो । प्रधानमन्त्री देउवाले मङ्गलबार राति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसी पारित गर्न सहयोग माग्नुभएपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता झलनाथ खनालले गठबन्धन टुट्नसक्ने सङ्केत दिनुभएको हो ।

नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले संसद्मा टेबल भएको एमसीसीलाई यथास्थितिमा पारित गर्न नसकिने भन्दै एमसीसीको विपक्षमा मतदान गर्ने बताउँदै आएका छन् । एमसीसी संसद्बाट पारित नहुने चिन्ताबीच प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग सहयोग माग्नुभएको हो । तर ओलीले देउवालाई संसद् सुचारु गर्ने वातावरण बनाउन आग्रह गर्दै सुचारु भएको अवस्थामा एमसीसी पारित गर्न सकिने आश्वासन दिएको बुझिएको छ ।

गठबन्धनमै बसेर सरकारको प्रस्तावविरुद्ध जाने निर्णय गर्ने माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति क्रुद्ध बन्नुभएका प्रधानमन्त्री देउवा गठबन्धन टुटाएरै भए पनि एमसीसी पारित गराउने मुढमा हुनुहुन्छ । यसका लागि उहाँले एमालेले राख्दै आएको मागलाई सम्बोधन गर्न सक्नुहुनेछ । तर गठबन्धनबाटै एमसीसी पारित होस् र गठबन्धन पनि नटुटोस् भनेर अन्तिम अवस्थासम्म प्रयासरत देउवाले आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उहाँकै निवास खुमलटार पुगी भेटवार्ता गर्नुभयो ।

सम्भवतः भेटवार्तामा एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले माग्नुभएको सहयोगलाई अध्यक्ष प्रचण्डले अस्वीकार गर्नुभयो । त्यसैले गृहमन्त्री बालकृष्ण खाँणले समेत प्रचण्डसँग भेट गरेर एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन टुट्नसक्ने बताउनुभएको हुनसक्छ ।

किनकी प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणसँगको भेटपछि अध्यक्ष प्रचण्डको सचिवालयले अध्यक्ष प्रचण्डको भनाइ सार्वजनिक गरेको छ । त्यसमा भनिएको छ, “विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरु फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच सङ्घर्ष चलिरहेको छ । उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ ।”