६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी

न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी
अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रमको मूल्य भन्दा कम पारिश्रामिकमा नेपाली कामदार विदेश पठाउन नहुने बताउनुभएको छ ।

२५ औँ अन्तर्राष्ट्रिय आप्रवासनको व्यवस्थापन तथा पुनः एकीकरणका विषयमा मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

श्रमको मूल्य र सुरक्षाको ग्यारेन्टी गरेर दक्ष सीपयुक्त व्यक्तिलाई मात्रै रोजगारको लागी अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्नेमा जोड दिनुभयो । हाल विश्वव्यापी रुपमा १ करोड ७९ लाख भन्दा बढी श्रम आप्रवासी रहेको उल्लेख गर्नुहुँदै नेपालबाट पनि वार्षिक ८ लाख ३९ हजार नेपाली रोजगारीको लागि विदेशिने गरेको जानकारी दिनुभयो । विदेशमा पहिलो पटक जाने नै पाँच लाख बराबरको जनशक्ति रहेको र त्यो अझ थपिने क्रममा रहेको उहाँको भनाई छ । उहाँले नेपालको विकासमा आवश्यक जनशक्ति पुँजी र रोजगारको खोजीमा विदेशीन बाध्य रहेको बताउनुभयो । हाल नेपालमा नै उनीहरुलाई रोक्न सक्ने अवस्था पनि नरहेको उहाँको भनाई छ । उहाँले नेपालमा रोजगारीको सम्भावना र अवसरहरुको खोजी गरी बजारको माग, अवस्था पहिचान गरेर सोही अनुरुपको सीपयुक्त र दक्ष जनशक्ति निर्माण गर्न लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा नै रोजगारीको सम्भावना र अवसरहरुको खोजी गर्दे रोजगारदाता र रोजगारीको खोजीमा रहेको व्यक्तिहरुलाई जोड्ने गरी बजारको माग, अवस्था पहिचान गरेर सोही अनुरुपको सीपयुक्त र दक्ष जनशक्ति निर्माण गर्न सबै तहको सरकार साझेदार निकायहरु तथा संघसंस्थाको प्रयास, समन्वय र सहकार्यबाट समग्र मानव पुँजीको व्यवस्थापन गर्नसकेमा मात्र आम नागरिकमा सुशासन र व्यवस्थाप्रति देखिएका वितृष्णाहरु समयमा नै समाधान गर्न सकिन्छ । अहिले बढ्दै गइरहेको वैदेशिक रोजगारीप्रतिको आर्कषणलाई पूर्णरुपमा रोक्न पनि नसक्ने र रोक्न पनि नहुने अवस्था रहेको छ । अर्को देशमा आवतजावत गर्नसक्ने विषय व्यक्तिको व्यक्तिगत स्वतन्त्रताको विषय हो । तर यति हुँदैमा हामीले हाम्रो नागरिकलाई न्युन मूल्य र पारिश्रामिकमा, अन्तराष्ट्रिय श्रमको मुल्य भन्दा कम दरमा काममा पठाउन कदापी हुँदैन । विश्व बजारको माग अनुसारको सीपयुक्त, क्षमतावान र दक्ष जनशक्तिहरु पठाउने उपयुक्त वातावरण निर्माण गर्नुपर्ने तपाई हाम्रो दायित्व हो । पुँजीका लागी र श्रम बेच्नको लागी विदेशीनु पर्ने अवस्था छ । विश्वमा श्रम आप्रवासन मात्रै विश्वव्यापी रुपमा १ करोड ७९ लाख भन्दा बढी गएको भन्ने कुरा तथ्याङ्कले देखाउँछ । हाम्रो देशबाट मात्रै पनि वर्षेनी ८ लाख ३९ हजार र पहिलो पटक जाने नै पाँच लाख त्यो पनि क्रिम जनशक्ति, जसको श्रम यो मुलुकलाई आवश्यक हुन्छ । त्यो बढ्दो क्रममा छ । हामी तिनीहरुले पठाएको रेमिट्यान्सको भरमा २८ प्रतिशत कुल गार्हस्थको योगदान भन्ने तथ्याङ्कले देखाउँछ । त्यो आएको रकम पनि ९० प्रतिशत हामीले उपभोगमा नै खर्च गर्ने गरेका छौँ । यो चक्रभित्र चाँही मुलुकको विकास फसेको छ ।’ 

विश्व बजारको मागअनुसारको सीपयुक्त, क्षमतावान् र दक्ष जनशक्तिहरु विदेश पठाउनसके मात्रै नेपालीहरु श्रम शोषणमा नपर्ने उहाँले बताउनु भयो । उहाँले श्रम गर्नको लागि विदेश जान बाध्य नेपालीहरुलाई मेनपावर कम्पनी तथा विचौलियहरुले दुख दिने गरेको उल्लख गर्नुभयो । वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्ने, दुःख दिनेलाई कारबाही गर्न मन्त्रालयले विशेष संयन्त्र तयार गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्रायले प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोसँगको सहकार्यमा ठगीमा संलग्नहरुलाई कारबाही प्रक्रिया गर्न विशेष अभियान नै सञ्चालन गर्ने उहाँको भनाई छ ।