काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीले बैठक बिहीबार दिउँसो ४ बजे बालुवाटारमा बोलाएका हुन्। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने बालुवाटार स्रोतले बतायो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बुधबारै माधवकुमार नेपालको अध्यक्षतामा नयाँ दल नेकपा एमाले समाजवादी बनेको छ ।
यद्यपि पार्टीको चुनाव चिन्ह्को विषयमा ठोस निर्णय भइसकेको छैन । यस्तै जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी ९लोकतान्त्रिक० राखेर निवेदन दिएको छ। दलको चुनाव चिन्ह साइकल हुने भएको छ।