१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसको अवसरमा ६८१ जनाको कैद सजाय माफ



file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ६८१ जनाको कैद सजाय माफी दिनुभएको छ ।

हरेक वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपतिले सजाय माफ गर्ने चलन छ ।

त्यस अनुसार मन्त्रिपरिषदको सिफारिसमा ६८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्‍त सिफारिस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

यस्तै, थप २१ जनाको कैद सजाय पनि माफी गरेको उहाँले बताउनुभयो ।