१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी



अ+ अ-

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी छ । सिंहदरबारस्थित प्रधनमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नियमित बैठक बसेको हो । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल भईरहेको बालुवाटार स्रोतले बताएको छ । त्यस्तै केही प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने सम्बन्धमा पनि छलफल भइरहेको बताइएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बुधबारै माधवकुमार नेपालको अध्यक्षतामा नयाँ दल नेकपा एमाले समाजवादी बनेको छ ।

यद्यपि पार्टीको चुनाव चिन्ह्को विषयमा ठोस निर्णय भइसकेको छैन । यस्तै जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) राखेर निवेदन दिएको छ। दलको चुनाव चिन्ह साइकल हुने भएको छ।