१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस भयाे – प्रचण्ड

पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस भयाे – प्रचण्ड
अ अ+ अ-

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर सत्ता गठबन्धन टुट्न लागेको हो कि भन्ने आशङ्का बढेर गएको छ । खासगरी नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाएर भए पनि एमसीसी पारित गर्न खोज्नुभएको आरोप लगाएपछि त्यस्तो आशङ्का बढेर गएको हो । प्रधानमन्त्री देउवाले मङ्गलबार राति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसी पारित गर्न सहयोग माग्नुभएपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता झलनाथ खनालले गठबन्धन टुट्नसक्ने सङ्केत दिनुभएको हो ।

नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले संसद्मा टेबल भएको एमसीसीलाई यथास्थितिमा पारित गर्न नसकिने भन्दै एमसीसीको विपक्षमा मतदान गर्ने बताउँदै आएका छन् । एमसीसी संसद्बाट पारित नहुने चिन्ताबीच प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग सहयोग माग्नुभएको हो । तर ओलीले देउवालाई संसद् सुचारु गर्ने वातावरण बनाउन आग्रह गर्दै सुचारु भएको अवस्थामा एमसीसी पारित गर्न सकिने आश्वासन दिएको बुझिएको छ ।

गठबन्धनमै बसेर सरकारको प्रस्तावविरुद्ध जाने निर्णय गर्ने माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति क्रुद्ध बन्नुभएका प्रधानमन्त्री देउवा गठबन्धन टुटाएरै भए पनि एमसीसी पारित गराउने मुढमा हुनुहुन्छ । यसका लागि उहाँले एमालेले राख्दै आएको मागलाई सम्बोधन गर्न सक्नुहुनेछ । तर गठबन्धनबाटै एमसीसी पारित होस् र गठबन्धन पनि नटुटोस् भनेर अन्तिम अवस्थासम्म प्रयासरत देउवाले आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उहाँकै निवास खुमलटार पुगी भेटवार्ता गर्नुभयो ।

सम्भवतः भेटवार्तामा एमसीसी पारित गर्न प्रधानमन्त्री देउवाले माग्नुभएको सहयोगलाई अध्यक्ष प्रचण्डले अस्वीकार गर्नुभयो । त्यसैले गृहमन्त्री बालकृष्ण खाँणले समेत प्रचण्डसँग भेट गरेर एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन टुट्नसक्ने बताउनुभएको हुनसक्छ ।

किनकी प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणसँगको भेटपछि अध्यक्ष प्रचण्डको सचिवालयले अध्यक्ष प्रचण्डको भनाइ सार्वजनिक गरेको छ । त्यसमा भनिएको छ, “विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरु फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच सङ्घर्ष चलिरहेको छ । उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौँ ।”