• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

जबरा निवासबाट बाहिरिने गाडीलाई पनि ‘चेकिङ’



काठमाडौँ । प्रहरीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सरकारी निवासमा जाने तथा बाहिरिने गाडीहरूलाई सोधपुछ गरेर मात्र भित्र जान र बाहिरिन दिइरहेको छ ।

निवास भित्रबाट गाडी निस्किँदा बाहिर तैनाथ सुरक्षाकर्मीले गाडी नम्बर, उनीहरूको नाम, कारभित्र भएका मानिसबारे सोधपुछ गरेर गाडी जाँच गरेपछि मात्र बाहिर निस्किन दिइरहेका छन् ।

सरकारले जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन आइतबार बिहान नेपाल प्रहरीलाई निर्देशन दिएसँगै उनको सरकारी निवासमा पनि सुरक्षा बढाइएको हो ।